हाम्रो धार्मिक पहिचानमाथी नकारात्मक टिप्पणी गर्ने अधिकार कसैलाई छैन: विनय यादव


राष्ट्रिय एकता अभियानले काठमाडौंमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन गरेको छ ।

काठमाडौंको बालकुमारीमा रहेको जसपा पार्टी कार्यालय आगाडि अभियानका संयोजक विनय यादवको नेतृत्वमा हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गर्ने पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहन गरिएको हो ।

प्रदर्शनको क्रममा अभियानका कार्यकर्ताहरुले पूर्व प्रधानमन्त्री भट्टराईको पुतला दहन गर्दै उनीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रदर्शनको क्रममा अभियानका कार्यकर्ताहरुले इसाईका दलाल बाबुराम–मुर्दावाद, देश वेचुवा बाबुराम–मुर्दावाद, रक्तचुसक बाबुराम–मुर्दावाद र मातृभुमिका गद्दार–मुर्दावाद भन्दै पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

अभियानका संयोजक यादवले पछिल्लो समय पूर्व प्रधानमन्त्री भट्टराई हिन्दुत्वविरोधी घृणा फैलाउने स्टाटस सामाजिक सञ्जालमा पोष्ट गर्नुका साथै हिन्दुत्वविरोधी घृणा फैलाउने अभिब्यक्ति दिँदै आएकोले उनको पुतला दहन गरिएको बताए । हाम्रो धर्म, हाम्रो धार्मिक पहिचानमाथी नकारात्मक टिप्पणी गर्ने अधिकार कसैलाई छैन, कसको उक्साहटमा यो सब भई रहेको छ त्यो सबले थाहा पाइसके ।

उनले भने, ‘पूर्व प्रधानमन्त्री भट्टराई इसाईका दलाल हुन्, पछिल्लो समय उनी हिन्दुत्वविरोधी घृणा फैलाउने काम गर्दै आइरहेका छन् ।, उनी चर्चका एजेण्ट हुन् ।

२ दिनअघि पूर्व प्रधानमन्त्री भट्टराइले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले पुजा गर्ने क्रममा दुधसहितका बस्तु भगवानलाई चढाएको तस्बिरलाई ट्वीट गर्दै हिन्दुत्वविरोधी घृणा फैलाउने स्टाटस लेखेका थिए ।


Loading comments...