
मदरसा शिक्षा विधेयकविरुद्ध जनकपुरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान तथा प्रदेश २ का मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन
११ श्रावण २०७८, सोमबार १९:१६
राष्ट्रिय एकता अभियानले धनुषाको जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ ।
अभियानका केन्द्रीय अध्यक्ष विनय यादव र उपाध्यक्ष सुनिता साहको नेतृत्वमा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध प्रदर्शन गर्दै पुतला दहन गरिएको हो। अभियानले जनकपुरको रामानन्द चोकबाट र्याली निकाली भानु चोकमा पुगेर मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतला दहन गरेको हो।
अभियानले प्रदर्शनको क्रममा मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध चर्को नाराबाजी लगाएको थियो ।
अभियानका केन्द्रीय अध्यक्ष यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको बताएका छन्।
त्यस्तै अभियानकी केन्द्रीय उपाध्यक्ष साहले पछिल्लो समय मुख्यमन्त्री लालबाबु राउतले शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेको बताइन् ।
त्यस्तै अभियानका केन्द्रीय सदस्य जीतेन्द्र दासले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मदरसा शिक्षा विधेयक पाकिस्तानी प्रधानमन्त्री इमरान खानको इसारामा ल्याउन खाजेको बताएका छन्।
त्यस्तै अभियानका अर्का केन्द्रीय सदस्य मनोज पासवानले मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई तालिबान बनाउनकै लागि मदरसा शिक्षा विधेयक ल्याउन लागेको बताए ।
त्यस्तै अभियानका वरिष्ठ नेता काशीन्द्र यादवले पछिल्लो समय मुख्यमन्त्री लालबाबु राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सम्पर्कमा रहेको बताए।
त्यसैगरी अभियानकी केन्द्रीय सदस्य शर्मिंला महराले संघीय हिन्दू गणतन्त्रमाथि प्रहार गर्न मदरसा शिक्षा विधेयक ल्याउन खोजिएको बताइन्।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
भारतका नव नियुक्त थल सेनाध्यक्ष (सीओएएस) जनरल मनोज पाण्डेले आफ्नो पहिलो विदेश संवादमा नेपाली समकक्ष रोज्नुभएको छ । नेपाली सेनाका
धादिङ – धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार
काठमाडौं – देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज