भारतीय स्थल सेनाध्यक्ष नरवणे र नेपाली सेनाका प्रधान सेनापति थापावीच टेलिफोन सम्वाद


भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे र सेनाका प्रधान सेनापति महारथी जनरल पूर्णचन्द्र थापाबिच टेलीफोनमार्फत संवाद भएको छ । उक्त सम्वाद द्विपक्षीय सैन्य तथा रक्षा सहयोग तथा का अन्तरवस्तुमा केन्द्रित थियो ।

भारतीय अधिकारीहरुका अनुसार उक्त टेलिफोन सम्वाद दुवै देशका बीच जारी सैन्य सहयोगका साथै यसलाई थप विस्तार गर्ने तरीकाहरुतर्फ केन्द्रित रह्यो ।

भारतीय सेनाको आधिकारीक ट्वीटर ह्याण्डलबाट यस टेलीफोन सम्वाद सम्बन्धमा ट्वीट गरिएको छः

साथै उक्त सम्वादमा अफगानिस्तानमा बिगड्दों सुरक्षा स्थिति तथा क्षेत्रमा यसको संभावित प्रभावमाथी बढ्दो चिन्ताका बिच यो संवाद भएको हो ।

नेपाल यस क्षेत्रमा आफ्नो समग्र रणनीतिक हितको सन्दर्भमा भारतका लागि महत्व राख्दछ । स्मरणीय रहोस् कि भारतीय स्थल सेनाध्यक्ष जनरल नरवणेले गत नवंबर २०२० नेपालको भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणका क्रममा वहाँले नेपाली सेनाका प्रधानसेनापति महारथी जनरल पूर्णचन्द्र थापा सहित नेपालका शीर्ष सैन्य राजनीतिक नेतृत्वसँग भेटघाट तथा सम्वाद भएको थियो ।


Loading comments...