नेपालको सर्वाधिक लोकप्रिय “बजाज पल्सर” ईपीएलकोे टाइटल स्पन्सर, ट्रफिले जित्नेछ तपाईंको मन


बजाज पल्सरलाई एभरेस्ट प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिताको टाइटल स्पन्सर भएको छ । यो कार्यव्रmम अब आउने सेप्टेम्बर २५ मा काठमाडौँंको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

बजाज पल्सर एभरेस्ट प्रिमियर लिगको नामको रूपमा यो क्रिकेट श्रंखलाको सञ्चालन हुनेछ । १४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइजहरु रहेका छन् । टोलीहरुको नाम विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्स रहेका छन् ।

जब विश्वव्यापी क्रिकेटका व्यक्तित्वहरु पिचमा उत्रिनेछन् तब यो प्रतियोगिताको स्टेज तात्तिने छ । बजाज पल्सर एभरेस्ट प्रिमियर लिग २०२१ का केहि स्टार खेलाडीहरुमा शाहिद अफ्रिदी (पाकिस्तान), शोएब मलिक (पाकिस्तान), कार्लोस ब्रेथवेट (वेस्ट इन्डिज) हरु सामेल रहेका छन् ।

गोल्छा ग्रुपका अध्यक्ष श्री शेखर गोल्छा ज्यूले भन्नुभयो, “बजाज पल्सरलाई सधैं नेपाली युवाहरुले माया गरिदिनुभएको छ । हालैका वर्षहरुमा क्रिकेट पनि नेपाली युवाहरुको जोश बनेको छ । यसैले, हामी नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ईपीएलको लागि टाइटल स्पन्सर बन्ने निर्णय गरेका छौँ । हामीले सँधै नेपालमा खेलकुदलाई बढावा दिएका छौँ र वर्षौंदेखि खेल पुरस्कारमा प्रायोजन गर्दै आएका छौं । यो एसोसिएसनले पक्कै पनि देश भरीबाट धेरै गुणस्तरीय खेलाडीहरुलाई जन्म दिनेछ, र हामीलाई आशा छ कि उनीहरु पनि राष्ट्रिय टोलीको लागी नयाँ खोजको रुपमा स्थापित हुनेछन् । बजाज पल्सर नेपालमा खेलकुदको विकासको लागि हरदम हरपल प्रतिबद्ध छ र रहिरहने छ ।”

ईपीएलका प्रबन्ध निर्देशक श्री आमिर अख्तर ज्यूले भन्नुभयो, “ईपीएलले आफ्नो स्थापनाकालदेखि नै नेपाल र विदेशका क्रिकेट प्रेमीहरुबाट ठूलो ध्यान जुटाउन सफल भएको छ; र मार्केटिंग क्षेत्रमा पनि यसको परिणाम स्वरूप प्रभाव देखिएको छ । हामी सधैं पक्का छौं कि जुन ब्रान्डलाई ईपीएलले सधैँ प्रायोजन गर्दछ त्यो ब्रान्डको ईपीएलको समापन पछि सधैँ नै उच्च सम्मान रहन्छ । बजाज – ब्राण्ड उत्कृष्टताको एक उदाहरण हो – र सत्य यो हो कि हामी ईपीएलमा लगातार उत्कृष्टताको लागी प्रयास गरिरहेका हुन्छौं र हामीलाई आशा छ कि यो एसोसिएसनले सबै सरोकारवालाहरुको लागी सफलता र खुशीको धेरै पलहरु ल्याउनेछ ।”

बजाज पल्सर सधैं नेपालमा क्रिकेटको समर्थन गर्न उत्सुक छ । यो संघले युवा क्रिकेटरहरुलाई अवसर प्रदान गरी देशमा खेललाई बढावा दिनमा मद्दत गर्दछ । नेपालमा अत्यन्त लोकप्रिय रहेको यस लिगले युवा खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतिभासँग खेल्नेको अनुभव प्रदान गर्दछ जसले नेपाली क्रिकेटलाई धेरै फाइदा पुर्र्याउनेछ ।

नेपाली खुकुरीसहितको सानले सजियो ईपिएलको ट्रफि

*विज्ञापन (Promoted)


Loading comments...