NRB

सवारीसाधन खरिद गरेर स्वरोजगार बन्न चहानेलाई २५ लाखसम्म ५% व्याजदरमा कर्जा


काठमाडौं । मौद्रिक नीति २०७८/७९ ले सवारीसाधन खरिदगरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार जारी गरेको मौद्रिक नीति २०७८/७९ मा ऋणी स्वयम स्वरोजगार हुनेगरी सवारीसधान खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था गरिएको छ ।

बैंकहरुले ५ प्रतिशत व्याजदरमा विपन्न वर्ग कर्जा प्रवाह गर्दै आइरहेका छन् ।


Loading comments...