हामीलाई सरकारमा जान हतार छैन -माधव नेपाल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारमा जान आफूहरुलाई कुनै हतार नभएको बताएका छन् ।

काठमाडौंमा शनिबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

“सरकार बनाउँदै गर्नुस्, हामीलाई हतार छैन । केही साथीहरुले दाम्लो चुँडालेर भएन,” उनले भने, “आफ्नैलाई पनि रोक्न सकिएको छैन । दाम्लो नचुडाउनुहोला । एकताको अन्तिम कोशिस गरौँ । पदभन्दा विचार ठूलो कुरा हो ।”


Loading comments...