Lifestyle Portal
  •   ५ जेष्ठ २०७९, बिहीबार

भारतको ७५ औं स्वतन्त्रता दिवस’आजादी का अमृत महोत्सव’ काठमाण्डौस्थित भारतीय दूतावासमा सम्पन्न

३१ श्रावण २०७८, आईतवार १२:४३

भारतको ७५औँ स्वतन्त्रता दिवस अगस्त १५, २०२१ मा काठमाडौंस्थित भारतीय दूतावासमा मनाइयो। यो उत्सव ‘आजादी का अमृत महोत्सव’ को रूपमा मनाइएको हो जुन प्रगतिशील भारतको ७५ वर्ष र मानव प्रयासको सबै क्षेत्रहरुमा भारतीयहरुद्वारा प्राप्त उपलब्धिहरुलाई सम्झिने भारत सरकारको एक पहलकदमी हो।

भारतीय राजदूत श्री विनय मोहन क्वात्राद्वारा राष्ट्रिय झण्डा फहराइ उत्सवको शुरुवात भयो । त्यस अवसरमा उहाँले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाए। राष्ट्रपतिको सन्देशमा विगत ७५ वर्षहरुमा विभिन्न क्षेत्रहरुमा भएको प्रगतिलाई प्रकाश पारिएको थियो भने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धाजलि दिईएको थियो जसले भारतको स्वतन्त्रताको लागी आफ्नो जीवन बलिदान गरे।

राजदूतले विधवाहरु र भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरुका आफन्तहरुलाई नेरू ४.४५ करोड र प्रत्येक परिवारलाई कम्बल वितरण गरी सम्मान गर्नुभयो।

समारोहमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक र विद्यार्थीहरुद्वारा देशभक्तिपुर्ण गीत र नृत्य प्रस्तुत गरिएको थियो।

यस अवसरमा नेपालको सांस्कृतिक विरासत स्थलहरुको संरक्षणको लागी ‘कला र सांस्कृतिक विरासतको लागी भारतीय राष्ट्रीय ट्रस्ट (INTACH)’ को वेबसाइट भारतिय राजदूत श्री विनय मोहन क्वात्राद्वारा उद्धाटन गरिएको थियो। भारत सरकारले सन् २०१५ को भूकम्पमा क्षतिग्रस्त भएका नेपालका सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनर्स्थापनाका लागि ५० मिलियन अमेरिकी डलरको सहायता प्रदान गरेको छ।

भारत सरकारको आजादी का अमृत महोत्सव स्वतन्त्र भारतको यात्रामा ऐतिहासिक कोशेढुङगा पार गरेको सम्झनामा मार्च २०२१ बाट शुरू गरिएको हो भन्ने यो महोत्सव १५ अगस्ट २०२३ सम्म जारी रहनेछ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आउनुहोस् यस आलेखमा अमेरिकामा भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको छ त्यसबारे चर्चा गरौं। भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल