Lifestyle Portal
  •   १० कार्तिक २०७८, बुधबार

के मानव सभ्यता आर्थिक स्वावलम्बनको युगमा फर्किएला?

३१ श्रावण २०७८, आईतवार १३:२८

अहिले हामी अति आधुनिक युगमा बाँचिरहेका छौ। यो अति आधुनिक युगमा हामीले हरेक क्षेत्रमा अति विकास गरेका छौ। यातायातको क्षेत्रमा यति विकास गरेका छौ कि एक या दुई दिनमा विश्वको एउटा कुनाबाट अर्को कुनासम्म सजिलै पुग्न सक्छौ। हामी धरतीको यो कुनाबाट त्यो कुनासम्म पुग्न सक्ने स्थितिमा त छौ नै, आकासमा पनि पुग्न सक्ने स्थितिमा छौ। चन्द्रमामा त पुगिनै सकेका छौ, अब मंगलग्रहमा पुग्ने प्रयासमा छौ। हुन त वायुयान (Rocket) मंगलग्रहमा पुगिनै सकेको छ। त्यहाँ केवल अब मनुष्यको पदार्पण हुन बाँकि छ।

आकासमाथि मानिस कसरी र कति परसम्म पुग्न सक्छ भन्ने कुराको उदहारण विश्वविख्यात अमेरिकी कम्पनी अमेजनका मालिक एक कार्यकारी अधिकृत जेफ बेजोजले आफ्नै खर्चमा निर्माण गरेको ‘न्यु सेपार्ड रकेट’ (New Shepard Rocket) मा सबार भएर ११ मिनटसम्म अन्तरिक्षको भ्रमण गरेर देखाइ दिएका छन्। संसारकै सर्धाधिक धनी जेफले उक्त रकेटको निर्माण आफ्नै खर्चमा गरेका थिए। र उक्त रकेटको उडान खर्च पनि स्वयं जेफले नै बेहोरेका थिए। जेफ सहित अन्य तिन जना सबार उक्त रकेटलाई ‘ब्लु ओरिजिन’ ले जुलाई २०, २०२१ मा अमेरिकाको टेक्सास राज्यको एक स्थानबाट उडाएको थियो। त्यो रकेटले अन्तिरक्षमा केवल ११ मिनेटको यात्रा गरेको थियो तर पर्यटन व्यवसाय अन्तरिक्षसम्म पुग्न सक्ने सम्भावनाको ढोका खोलिदिएको थियो। एउटा चमात्कारी एवं नौलो व्यापारको सृजना गरेको थियो।

यो अति आधुनिक युगमा हामी मोबाइ फोनमा संसार देख्न सक्छौ। हाते घडीबाट कुरा गर्न सक्छौ। हाते घडीबाट आफ्नो स्थास्थ्य सम्बन्धी धेरै कुरा जान्न सक्छौ। धनी देशका नागरिकहरूसङ्ग सवारीका लागि कारको अभाव छैन। केही देशका धनी नागरिकहरूसँग प्रति व्यक्ति दुई वा तिन कार छन्। घर भित्र प्राप्त हुने जुन सुविधाहरू छन ती सुविधाहरू कुनै एक गाडीमा प्राप्त हुने सुविधायुक्त गाडी (recreational vehicle) हरूको संख्या पनि यो विश्वमा करोडौंमा छ। संक्षेपमा भन्ने हो भने यो अति आधुनिक युगले हामीलाई अनेक चमत्कारी कुराहरू दिएको छ। अति आधुनिक युगले दिएका चमत्कारी कुराहरूले हाम्रो जीवन ज्यादै सरल पारिदिएको छ। भौगोलिक रुपमा ज्यादै टाढा रहेको कसैसँग सम्वाद गर्न, हालखबर बुझ्न अब चिठ्ठी लेख्नु पर्दैन। फोन वा सामाजिक सञ्जाल प्रयोग गरेर जति पर रहेको व्यक्तिसङ्ग हामी चाहेको बेला, तत क्षण नै कुरा गर्न सक्छौ, त्यो पनि तस्विर सहित। घरको बत्ति बाल्नु वा निभाउनु पर्यो, रेडियो खोल्नु वा बन्द गर्नु पर्यो, आफूले उठेर त्यो कार्य गर्नु पर्दैन। एक खास यन्त्रलाई भनेपछि उक्त कार्य त्यो यन्त्र (जस्तै अलेक्सा) ले गर्छ। मानिसले गर्ने धेरै कार्य आजभोलि यन्त्रहरूले गरि रहेका छन्।

यो आलेखमा यो अति आधुनिक युग जनित, यो अति वैष्य युग जनित सुविधाहरूको चर्चा गर्न खोजिएको भने होइन। यो अति वैष्य युगले हाम्रो जीवन यापनलाई कति सम्म सरल पारिदएको छ त्यस बारे चिन्तन गर्न खोजिएको पनि होइन। बरु यो अति आधुनिक युगलाई, यो अति वैष्य युगलाई के हामीले धान्न सक्छौ भन्ने बारे चर्चा गर्न खोजिएको हो। यो आधुनिक युग हाम्रो लागि जति सुविधायुक्त देखिएको छ त्येतिनै कष्टकर पनि देखिएको छ। यो आधुनिक युगमा बाँच्न हामीले धेरै कुराहरू गुमाउनु पर्ने स्थिति उत्पन्न भएको छ। यो आधुनिक युग हाम्रो लागि अति नै कठिन हुँदै गएको छ। यो आधुनिक युगको उपज कोरोना सङ्क्रमणले हाम्रो जीवनलाई कति सीमित पारिदिएको छ त्यो हामीले देखे भोगेको कुरा हो। कोरोनाले गर्दा हाम्रो जीवनशैलीमा नै परिवर्तन आएको छ। मास्क लगाउँदा हाम्रो अनुहारको रुप बदलिएको छ। मास्कले गर्दा एकले अर्कालाई सजिलै चिन्न सक्ने स्थिति छैन। हामी स्वतन्त्र भएर हिंड्न सकेका छैनो। हाम्रा गतिविधिहरू सीमित हुँदै गाएका छन। हामी सीमित भएर घरभित्र बस्न बाध्य भएका छौ।

यदि पहिले जस्तो यातायातको अति विकास नभएको भए, ठूला ठूला शहरहरूमा र एउटै शहरमा करौडौ व्यकतिहरूको बसोबास नभइ दिएको भए, छोटो समया हजरौ माइलको यात्रा पूरा गर्न सकिने स्थिति नभएको भए कोरोना सङ्क्रमण यसरी छोटो समयमा तिब्र गतिमा संसार भरि नै फैलिने थिएन। अहिलेको अति विकासले कोराना सङ्क्रमण तिब्र गतिमा एक ठाउँबाट अर्को ठाउँमा, एक व्यक्तिबाट अर्को व्यक्तिमा सारिरहेको छ। भनिन्छ कोराना भइरस आधुनिक युगको उपज हो। यसको जन्म कुनै प्रयोगशालामा भएको हो। हुन त यस कुराको पुष्टि हुन बाँकि छ तर करोना कुनै प्रयोगशालाबाट जन्मेको हो भन्ने कुरामाथि विश्वास गर्नेहरूको संख्या ठूलो छ।

अब त हामी अति आधुनिक युगको कुअसरबाट जोगिन पुन: आर्थिक स्वावलम्बनको युगमा फर्किन्छौ कि भन्ने प्रश्न उठ्न थालेको छ।

के मानव सभ्यता पुन: आर्थिक स्वावलम्बनको युगमा फर्किने हो? यो प्रश्नले धेरै व्यक्तिहरूको मष्तिष्कमा आजभोलि चक्कर काट्न थालेको छ।

माथिको प्रश्नको उत्तर खोज्नु पहिले आर्थिक स्वावलम्बन भनेको के हो र यो कहिले प्रचलित थियो त्यसबारे चर्चा गरौ।

प्रत्येक परिवार वा गाउँले आफूलाई उपभोगका लागि आवश्यक पर्ने वस्तुहरू आफैले उत्पादन गर्ने र अन्य गाउँहरू प्रति हुने निर्भरता कम पार्ने प्रणालीलाई आर्थिक स्वावलम्बन भन्ने गरिन्छ। जंगली-जीवन समाप्त गरे पछि मानव सभ्यता लामो कालसम्म आर्थिक स्वावलम्बनको युगमा बाँचेको थियो। यो युगमा मानव सभ्यता अहिले जस्तो जोखिममा थिएन। एक किसिमले अति सुरक्षित थियो। आवागमन ज्यादै कम भएकोले ठूला ठूला रोगहरू छोटो समयमा फैलिने स्थिति थिएन। साथै विज्ञानको अति विकास नभएकोले डरलाग्दा शूक्ष्म जिवाणुहरु उत्पादन गर्न सकिने ज्ञान पनि थिएन। ज्यादै ज्ञान नभएकोले मानव सभ्यता सुरक्षित पनि थियो। शान्त पनि थियो। अहिलेको जस्तो मानव सभ्यता विनास गर्ने जैविक हतियार उत्पादन गर्ने प्रयोगशालाहरू पनि त्यस बेला थिएन।

आर्थिक स्वावलम्बनको युग अति सुरक्षित भएकोले मानव सभ्यता पुन: त्यस युगमा फर्किने हो कि भन्ने चर्चा वर्तमान स्थितिमा चल्नु असान्दर्भिक पनि होइन। हुन त कोरोना संकटले हामीलाई एक किसिमले हजरौ वर्ष पूर्वको आर्थिक स्वावलम्बनको युगमा पुर्याइ दिएको छ। हवाइ उडानहरू रद्द गर्नु पर्ने स्थिति, ठूला शहरका बसाइ जोखिम युक्त, भीडबाट पन्छिनु पर्ने स्थिति आदि आधुनिक युगको उपज कोरोनाको देन हो। यी सबै कुराहरू हेर्दा, कोरोना सङ्क्रमणले हामीलाई आर्थिक स्वावलम्बनको युगमा पुर्याइ दिएको स्थिति छ। छैन त?

हामीले अति आधुनिक युगलाई धान्न सकिरहेका छैनौ। अति आधुनिक युगले हामीलाई सरलता त दिएको छ तर त्यो सरलता हामीले हाम्रो जीवनलाई अति जोखिममा पारेर प्राप्त गरेका छौ।

कृषि युगलाई औधोगिक युगले नराम्रो गरि थिचेको छ। मानिसहरू कृषितिर आकर्षित हुन छाडेका छैन। कृषिमा पनि उद्योग र विज्ञानको प्रवेश भएर बालीहरुमा प्राण घातक विषहरु प्रयोग हुने प्रचलन बढेर गएको छ। हामीले उपभोग गर्ने अन्न, फलफूल, माछ, मासु, साग, तरकारी आदि सबै विषयुक्त छन। हामीले विषयुक्त खानेकुराहरू खाएको हुनाले नै हामी अहिले अनेक रोगका शिकार हुन पुगेका छौ। हरेक राष्ट्रले प्रत्येक वर्ष ठूलो धनरासी जन स्वास्थ्यमा खर्च गर्नु पर्ने स्थिति छ। अधिक पैसा खर्च गरेर यदि ठूलो परिमाणमा औषधीको प्रयोग नगर्ने हो भने प्रत्येक वर्ष प्रत्येक राष्ट्रमा अनेक रोगहरू लागेर लाखौ व्यक्तिहरू मर्नु पर्ने स्थिति आउन सक्छ।

यो आधुनिक युगले हाम्रो जीवनलाई ज्यादै जोखिमपूर्ण पार्दै लगेको छ। हाम्रो जीवनलाई सरल पार्न जति नया नया सुविधाहरू हामी थप्दै जान्छौ सोही मात्रामा हाम्रो जीवन उच्च जोखिमतिर अग्रसर हुँदै जान्छ। आज नेपालका वा यस्तै विकासशील राष्ट्रका गाउँ गाउँमा इन्टरनेट पुगेको छ। तर अर्कोतिर कोरोना सङ्क्रमणले गर्दा मानिसहरु एउटा सानो घेरा भित्र बस्न बाध्य भएका छन। भर्चुअल मिटिंग (जुम वा सामाजिक सञ्जालबाट) बढेर गएको छ तर प्रत्यक्ष मानव सम्पर्क घटेर गएको छ। अहिले मान्छेहरू अति सुविधाहरू उपयोग गरेर बाँचेका छन तर हरपल भयभीत छन। कुन बेला कसलाई कोरोना भाइरसले माथि (मृत्यु लोकमा) पुर्याउने हो अनुमानसम्म गर्न सकिने स्थिति छैन।

अहिले फैलिएको यो डरलाग्दो कोरोना भाइरस सन् २०२४ सम्ममा नियन्त्रणमा आउने भविष्यवाणी विज्ञहरूले गरिरहेका छन। त्यस्तो होला पनि। कोरोना संकट समाधान होला। सदाका लागि कोरोना नियन्त्रित भएर बस्ला, प्लेगका किटाणुहरू नियन्त्रित भएर बसेझै। तर अर्को कोरोना जस्तै डर लाग्दो भाइरस अब आउने छैन भनी कसैले ठोकुआ गर्न सक्छ? डर लाग्दा भारसहरू आउने क्रम जारि नै रहने छ। पर्यावरण विनास, उच्च मात्रमा कार्वन विसर्जन, निरन्तर डरलाग्दा जैविक हतियारहरूको उत्पादनले वा अति आधुनिकताले, यो मानव सभ्यतालाई झन झन जोखिमतिर लग्ने छ। यो कुरा पक्का छ। यो कुनै कलपना होइन।

आधुनिक युगका अति जोखिमहरूबाट जोगिन मानव सभ्यता पुन: आर्थिक स्वावलम्बनको युगतिर फर्किने कुरा अहिलेको लागि कोरा कल्पना जस्तो देखिएता पनि भोलिका दिनमा यसको आवश्यता झनै बढेर जानेछ। मान्छेहरू अब अति सुविधाभोगी यो वैष्य युगबाट थाकेको प्रतीत हुन थालेको छ। मुद्राको विकासले त यो मानव सभ्यतालाई झनै कष्टकर तुल्याइ दिएको छ।

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

यो समस्या महिलामा बढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै

T20 WC – Ind Vs Pak: भारत तथा पाकिस्तानको खेल प्रारम्भ हुनुअघि भारतीय टोलीले घुँडा टेकेको छ भने पाकिस्तानी टोलीले