‘अपरेशन यार्सागुम्बा’ अन्तर्गत ७ जना पक्राउ, लुटको अनुसन्धानका क्रममा अर्को साढे सात केजी यार्सा बरामद


गत श्रावण २४ गते दिउँसो २ः३० बजे सिन्धुपाल्चोक बार्ह्रबिसेका (हाल बौद्ध) ब्यापारी दिपक लामा तथा उनका साझेदार सिन्धुपाल्चोक बलेफीका (हाल स्वयम्भू) सुरेश सापकोटाले बिक्रिका लागि राखेको १ किलो बहुउपयोगी तथा बहुमूल्य प्राक्रितिक वनस्पती यार्सागुम्बा ६-७ जनाको समूहमा रहेका ब्यक्तिहरुले लूटपाट गरी फरार रहेको घटनामा संलग्नहरु पक्राउ परेका छन् ।

१ किलो यार्सा गुम्वा रु अठ्ठाइस लाख (रु. २८,००,०००/–) मा खरिद गर्छु भनी गणेश शाहीले फोन गरी काठमाण्डौंको नयाँ बसपार्क मित्रनगरमा रहेको एक होटेलमा डिलका लागि बोलाएर ब्यापारीद्वय सुरेश सापकोटा र दिपक लामाले बिक्री गर्नको लागी झोलामा लिई गएको १ किलो यार्सा गुम्बा ६/७ जना अपरिचित व्यक्तिहरुको समूहले घेरा हाली डर, धाक, धम्की दिई यार्सा रहेको झोला लुटेर फरार भएको घटनामा महानगरीय अपराध महाशाखाबाट खटिएको अनुसन्धान टोलिले एक हप्ता नबित्दै यही श्रावण ३० गते उक्त घटनामा संलग्न मूख्य योजनाकार जिल्ला बझाङ मष्ट गा.पा.-५ हाल भक्तपुर सुर्यबिनायक कटुन्जे बस्ने ३४ बर्षिय धर्म अखेडा सहित घटनामा संलग्न अन्य ६ जना मतियारहरुलाई समेत काठमाण्डौंको बिभिन्न स्थानहरुबाट पक्राउ गरिएको छ ।

साथै पक्राउ परेकाहरुबाट नगद रु एक लाख त्रपन्न हजार तथा उक्त यार्साको कारोवारमा संलग्न भारतीय नागरिक मोहम्मद अलिको छोरा मोहम्मद ईसाकलाई समेत ७ के.जी. ४४० ग्राम यार्सागुम्बा सहित पक्राउ गर्न सफल भएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका ब्यक्तिहरु:-
१. धर्म ओखेडा (मूख्य योजनाकार)
ठेगानाः- जिल्ला बझाङ मष्ट गा.पा.-५
हाल भक्तपुर सुर्यबिनायक कटुन्जे
उमेर ;- ३४ बर्ष

२. मनोज कुमार श्रेष्ठ (म्यानपावर व्यबस्थापन)
ठेगाना :- जिल्ला दोलखा बैतेश्वर गा.पा. वडा नं. २
हाल काजि ठमेल बस्ने
उमेरः- ३२ बर्ष

३. दिपक थापामगर (म्यानपावर परिचालन)
ठेगानाः- जिल्ला रामेछाप दोरम्वा गा.पा. वडा नं. ४
हाल काजि नयाँबजार बस्ने
उमेर :-२७ बर्ष

४. बिशाल लामा (मेनपावर ब्यवस्थापन)
ठेगानाः- जिल्ला काभ्रे पाँचखाल न.पा. वडा न. १२
हाल काजि नयाँबजार बस्ने
उमेरः- २७ बर्ष

५. योङदेन लामा
ठेगानाः- जिल्ला काभ्रे तिमाल गा.पा. वडा नं. ४
हाल काजि नयाँबजार बस्ने
उमेरः २३ बर्ष

६. रोशन श्रेष्ठ
ठेगानाः- जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा नं. २
हाल भक्तपुर सानोठिमि बस्ने
उमेर – २२ बर्ष

७. मोहम्मद ईसाक
ठेगानाः- भारत कास्मिर आबुपाकर
हाल काजि कामनपा- १७ खुसिबु नयाँबजार बस्ने
उमेर :- ३७ बर्ष

बरामद गरिएका सामानहरुः-
१. यार्सा गुम्बा ७ किलो ४४० ग्राम
२. नगद रु. १,५३,०००।–
३. मोबाईलहरु थान-८


Loading comments...