अफगानिस्तान तालिबानको कब्जामा, अशरफ गनी तथा कैंयन शीर्ष नेताहरुले छाडे देश


टोलो न्‍यूजका अनुसार अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छाडेका छन् । टोलो न्यूजका अनुसार अली अहमद जलालीलाई नयाँ अंतरिम सरकारको प्रमुखको रूपमा नियुक्त गरिनेछ ।

काबुल । तालिबानले पुनः एक पटक अफगानिस्तानमाथी कब्जा जमाएको छ । तालिबानी आतंकीहरुले एकाबिहानबाटै राजधानी काबुललाई घेराबन्दीमा राखेका थिए । पछि जब उनीहरुले काबुलभित्र प्रवेश गरे अफगानिस्तानी सेनाले तालीबानी सामू आत्मसमर्पण गरेको थियो । यस पछि सरकार तथा तालिबानका प्रतिनिधिबीच छलफल भएको थियो, उक्त छलफल पश्चात राष्ट्रपति अशरफ गनीले देश छाडेका थिए । गनी ताजिकिस्तान गएको हुनसक्छन्, तर आधिकारिक रुपमा अहिले उनी गएको देशबारे पुष्टि भईसकेको छैन । गनी सँगै उप-राष्ट्रपति समेत अन्य कैंयन शीर्ष नेताहरुले पनि देश छाडेका थिए । तालिबानको क्रूर शासन तथा अनिश्चितताबाट आत्तिएका नागरिकहरुले पनि ठूलो संख्यामा देश छाड्न थालेका छन् ।

काबुलमा लूटपाट तथा अराजकता रोक्नका लागि तालिबानले लगायो आफ्नो लडाकू दस्ता
यहि बीच, तालिबानका प्रवक्ता जबीहुल्ला मुजाहिदका अनुसार, “हम्रो लडाकूहरुलाई काबुलमा लूटपाट रोक्नका लागि भनिएको छ, किनकि अहिले स्थानीय प्रहरीले चौकी छाडी सकेका छन् ।”

तालिबानले यस सत्ता कब्जालाई शान्तिपूर्ण यात्रा भनेको छ । तर, काबुलको एक अस्पतालले गरेको ट्विट अनुसार राजधानीका बाहरी कराबाग क्षेत्रमा भएको संघर्षमा ४० भन्दा बढी नागरिक घाइते भएका छन् ।


Loading comments...