Lifestyle Portal
  •   ९ कार्तिक २०७८, मंगलवार

भारत र नेपालद्वारा “नवौं परियोजना अनुगमन समिति” (ओभरसाइट मेकानिजम) को बैठक आयोजना सम्पन्न

३२ श्रावण २०७८, सोमबार १९:०२

भारत र नेपालले २०७८ श्रावण ३२ गते काठमाडौंमा नवौं परियोजना अनुगमन समिति (ओभरसाइट मेकानिजम) को बैठक आयोजना सम्पन्न भएको छ । उक्त बैठक नेपालका लागि भारतीय राजदूत महामहिम श्री विनय मोहन क्वात्रा र नेपाल सरकार, परराष्ट्र सचिव महामहिम श्री भरतराज पौड्यालको सहअध्यक्षतामा सम्पन्न भएको थियो ।

भारतको सहयोगमा सञ्चालित विभिन्न परियोजना तथा पहलहरुको प्रगति अनुगमन गर्न हेतु सन् २०१६ मा स्थापना गरिएको सो समितिको बैठकमा विभिन्न मन्त्रालय, विभाग र नेपाल सरकारका निकायहरुका प्रतिनिधि, भारतीय राजदूतावासका अधिकारी र परियोजनाको कार्यान्वयनमा संलग्न परामर्शदाता, ठेकेदार र अन्य सरोकारवालाहरुको उपस्थिति थियो ।

बैठकले २०७७ भाद्र १ मा सम्पन्न भएको आठौं बैठक यता गरिएका द्विपक्षीय सहकार्य परियोजनाहरुको विस्तृत रुपमा समीक्षा गरेको थियो । दुवै पक्षले विषयमा गहन छलफल गर्नुका साथै यी परियोजनाहरुको कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने कुरामा सहमत भएका थिए ।

कोभिड महामारीले निम्त्याएको अनेक अवरोधका बाबजुद पनि पछिल्लो एक वर्षमा विभिन्न विकास परियोजनामा भएका प्रगतिहरुबारे दुवै सह–अध्यक्षले बैठकमा जानकारी गराउनुभएको थियो । यसले दुई राष्ट्रबीचको द्विपक्षीय साझेदारीको शक्ति र प्रतिबद्घता र दुवै पक्षले एक अर्कालाई सहयोग र सहजीकरण गर्न देखाएको तदारुकतालाई स्पष्ट रुपमा झल्काएको छ । ।

बैठकमा विशेष गरी गोरखा र नुवाकोट जिल्लामा हाल निर्माणाधीन अवस्थामा रहेको तर छिट्टै निर्माण सम्पन्न हुन लागेका आवासको पुनर्निर्माण कार्यमा भइराखेको प्रगति, नेपालका तराई क्षेत्रमा निर्माण सम्पन्न भएका १३ वटा सडकहरु, भारत सरकारको सहुलियतपूर्ण ऋण अन्तर्गत सञ्चालित सडक र प्रसारण लाइन परियोजनाहरु र अरुण–तेस्रो परियोजनामा भइराखेको सन्तोषजनक प्रगति र नेपालगञ्जमा सुरु गरिएको एकीकृत जाँच चौकीको निर्माण बारे चर्चा गरिएको थियो । परियोजनासँग सम्बन्धित विविध समस्याको निराकरण गर्न र परियोजना कार्यान्वयनलाई सहयोग पुर्र्याउन दुवै पक्षले नियमित समन्वयमार्फत ओभरसाइट मेकानिजमका निर्णयहरुमा अनुगमन गर्ने कुरामा सहमत भएका थिए । यसको अलावा भारतले नेपाललाई उपलब्ध गराएको औषधी, चिकित्सकीय उपकरण, बेड, आइसियु, भेन्टिलेटर र खोप लगायतका कोभिड–१९ सँग सम्बन्धित सहकार्यकोे दुवै पक्षले सराहना गरेका थिए ।

दुवै सह–अध्यक्षले ओभरसाइट मेकानिजमको अर्को बैठक दुवै पक्षलाई सहज हुने मितिमा आयोजना गर्न सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही बागमती

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त समारोहमा

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ

हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा