Lifestyle Portal
  •   १० कार्तिक २०७८, बुधबार

९२.७ मेगाहर्जमार्फत् शुरु भयो रेडियो क्यान्डिड

१ भाद्र २०७८, मंगलवार १७:४५

काठमाण्डौ । रेडियो क्यान्डिड ९२.७ मेगाहर्जको नियमित प्रशारण आज, भदौ १ गतेबाट दरवारमार्गस्थित रेडियो क्यान्डिडको स्टेशनबाट शुरू भएको छ ।

पेभिलियन मिडिया ग्रुप अन्तर्गतको रेडियो क्यान्डिड काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा चौबीसै घण्टा प्रसारण हुनेछ । रेडियो आज बिहान ६ बजे समाचार प्रसारणबाट शुरू भएको हो ।

रेडियो क्यान्डिड स्थानीय रेडियोहरूसँगको सहकार्यमा र आफ्नो प्राविधिक पक्षमा विस्तार गर्दै निकट भविष्यमा देशभर प्रसारण गर्ने लक्ष्य रहेको छ ।

रेडियो क्यान्डिडको प्रसारण सेवा यसको आधिकारिक फेसबुक पेज, ट्वीटर, सबैभन्दा बढी डाउलोड हुने एप ‘हाम्रो पात्रो’, खबरहब एप र रेडियो क्यान्डिडको आधिकारिक वेबसाइट https://radiocandid.com मा पनि उपलब्ध छ ।

रेडियो क्यान्डिडको नियमित प्रसारण शुरू भएको अवसरमा पेभिलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले श्रोता, विज्ञापनदाता, शुभेच्छुक तथा परामर्शदाताहरू सबैमा आभार प्रकट गरेका छन् । उनले भने, ‘आफ्ना मौलिक कार्यक्रम र दृष्टिकोणका साथ ‘रेडियो क्यान्डिडले चाँडै एउटा नयाँ उचाइ लिनेछ ।’

रेडियो क्यान्डिड ९२.७ मेगाहर्जले हाल समाचार बुलेटिनहरू प्रसारण गर्दै चाँडै अन्य कार्यक्रमहरू नियमित गर्नेछ ।

रेडियोले सूचनामूलक कार्यक्रम, अन्तर्वार्ता, समाजिक–आर्थिक मामिला, समसामयिक विषय, खेल, प्रविधि र मनोरञ्जन लगायत अन्य विषयहरू समेट्नेछ ।

रेडियो क्यान्डिडले सरोकारवालाहरूसँग संवादको रिक्तता पूरा गर्न एउटा सशक्त मञ्चका रूपमा काम गर्नेछ ।

रेडियोले बिहान ६ बजे, १० बजे, अपराह्न १ बजे, ४ बजे, साँझ ७ बजे र राति ९ बजे आधा घण्टाको मुख्य समाचार बुलेटिन प्रसारण गर्नेछ । साथै प्रत्येक घण्टा संक्षिप्त ‘क्यान्डिड समाचार’ प्रसारण गर्नेछ ।

क्यान्डिड बहसमा क्यान्डिड टक, ह्याव अ नाइस डे, भ्वाइस अफ युथ, इकोनमिक टक, क्यान्डिड फटाफट समावेश हुनेछन् । साथै विदेशी व्यक्तित्व र विशेषज्ञ पनि साताको एक दिन प्रस्तुत गरिनेछन् ।

रेडियो क्यान्डिडले ख्यातिप्राप्त केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग सहकार्य गर्ने तयारी पनि गरेको छ ।

‘भ्वाइस अफ युथ एफएम’ नामले सन् २०१५ देखि प्रसारण भइरहेको रेडियो नयाँ व्यवस्थापनमार्फत ‘रेडियो क्यान्डिड’ नामले प्रसारण शुरू भएको हो ।

लीला भ्वाइस प्रालिको स्वामित्वमा रहेको ‘भ्वाइस अफ युथ एफएम’ सन् २०१५ मार्च १७ मा स्थापित भई कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता थियो ।

यसले सन् २०१५ अप्रिल २ मा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट रेडियो प्रसारणको लाइसेन्स पाएको थियो ।

रेडियो क्यान्डिड हाल काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा मात्रै सुनिने भए पनि चाँडै देशभर पुर्‍याउने लक्ष्य छ । रेडियो क्यान्डिडले सिर्जशीलता, खोज, दिगोपन र उत्कृष्टताका लागि नमुनारूपमा काम गर्नेछ ।

रेडियो क्यान्डिड ९२.७ मेगाहर्ज स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा प्रत्येक दिन प्रसारण हुने रेडियो स्टेसन हो ।

नेपालको द्रुतगामी स्टेसनका रुपमा रेडियो क्यान्डिड जनजीवनका सबै क्षेत्र सूचना, सङ्गीत र मनोरञ्जनका लागि काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

यो समस्या महिलामा बढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै

T20 WC – Ind Vs Pak: भारत तथा पाकिस्तानको खेल प्रारम्भ हुनुअघि भारतीय टोलीले घुँडा टेकेको छ भने पाकिस्तानी टोलीले