Gmail को पासवर्ड बिर्षिनु भो? तनाव नलिनुस्, यसरी गर्नुहोस् रिसेट


यदि तपाईंले आफ्नो Gmail आईडीको पासवर्ड बिर्षिनु भएको छ भने तनाव नलिनुहोस् । यसको समाधानको उपाय हामी यहाँ तपाईंका लागि एक खास तरीका राख्दैछौं जसको मद्दतले तपाईं सजिलै आफ्नो जीमेलको पासवर्डलाई रीसेट गर्न सक्नुहुनेछ । आउनुहोस् Gmail रिसेट गर्ने तरिकाको बारेमा विस्तारले जानौं ।

How to reset your Gmail password in smartphone: विश्व प्रशिद्ध टेक कम्पनी गुगल (GOOGLE) को सर्वाधिक सफल प्रडक्ट Gmail (जीमेल) अहिले संसारको आधा भन्दा बढी जनसंख्याले प्रयोग गरिरहेका छन्, किनकी यो प्लाटफर्मबाट ईमेल (Email) पठाउन तथा प्राप्त गर्न र विभिन्न संलग्न कागजात तथा मल्टिमेडिया सामाग्री यसको भगनी प्रडक्ट गुगल ड्राईभ (Google Drive) मा सुरक्षित राख्न सजिले छ । साथै यसको आन्तरिक सुविधाको रुपमा रहेको च्याट तथा भिडियो कन्फ्रेसिङसम्मको सुविधाले यसको ब्यापक प्रयोगमा सहयोगी भूमीका खेल्छ । कहिले काँही यस्तो हुन्छ की प्रयोगकर्ताहरुले आफ्नो जीमेल आईडी (Gmail id) को पासवर्ड बिर्षन सक्छन्, जस पश्चात नियमित अन्य इमेल तथा आर्काइभसँग सम्बन्धीत दैनिकीमा तनावको सामना गर्नुपर्ने हुन्छ । मानौ तपाईं त्यती टेक्नो सेभी हुनुहुन्न र तपाईंले आफ्नो जीमेल आईडीको पासवर्ड विर्षिनु भो! तेसो हो भने तनाव नलिनुहोस् । यहाँ अब तपाईंलाई सजिलो र खास तरीका हामी प्रस्तुत गर्दै छौं, जसको मद्दतले तपाईं सजिलै जीमेलमा एक्सेस प्राप्त गरी नयाँ पासवर्डका लागि रीसेट गर्न सक्नुहुनेछ । आउनुहोस् यतातर्फ लागौं…

एण्ड्रोईड फोन प्रयोगकर्ताले आफ्नो जीमेल (Gmail) को पासवर्ड यसरी रीसेट या परिवर्तन गर्नुहोस्

  • सबैभन्दा पहिले फोनको सेटिङमा जानुहोस्
  • अब थोरै तलतर्फ स्क्रोल गर्नुहोस्
  • अब तपाईंले Google को देख्नुहुनेछ, त्यसमा क्लिक गर्नुहोस्
  • त्यसपछि Manage your Google Account देखिने छ त्यसको Security विकल्पमा क्लिक गर्नुहोस्
  • तलतर्फ स्क्रोल गरेपछि पासवर्डको विकल्प देखिनेछ, त्यसमा थिच्नुहोस्
  • यहाँ अब तपाईंले आफ्नो जीमेल (Gmail) आईडीको पासवर्डलाई रीसेट या परिवर्तन गर्न सक्नुहुनेछ

आईफोन (iPhone) प्रयोगकर्ता हुनुहुन्छ भने यसरी आफ्नो जीमेल (Gmail) को पासवर्ड रीसेट या परिवर्तन गर्न सक्नुहुनेछ

  • तपाईंले आफ्नो आईफोन (iPhone) मा जीमेल मोबाइल एप खोल्नुहोस्
  • अब आफ्नो प्रोफाइल देखिएको तस्वीरमा क्लिक गर्नुहोस्
  • त्यसपछि Manage your Google Account देखिने छ, त्यस विकल्पमा क्लिक गर्नुहोस्
  • त्यसपछि Security विकल्प गएर पासवर्डमा क्लिक गर्नुहोस्
  • यसपछि तपाईंले अपनी जीमेल आईडीको पासवर्ड रीसेट गर्नसक्नुहुने

पासवर्डसँग सम्बन्धी केही विशेष टिप्स:

पासवर्ड बलियो र सुरक्षित राख्नका लागि तपाईं केही उपायहरु अपनाउन सक्नुहुनेछ । उदाहरणका लागि तपाईंले सामान्य पासवर्ड 12345678 राख्दै हुनुहुन्छ भने थोरै बढी सुरक्षित PAS123SWORD पासवर्डको रुपमा प्रयोग गर्नुहोस् (नोटः दिइएको पासवर्ड एउटा उदाहरण मात्र हो तपाईंले सामान्य र प्राय धेरैले सजिलोको लागि प्रयोग गर्ने 123456 अथवा 1234567890 अथवा यस्तै अन्य सामान्य पासवर्ड नहोस् । त्यसमा केही अल्फाबेट कम्तीमा प्रयोग गरिएको होस् ।)

यस किसिमको पासवर्ड सामान्यभन्दा बढी सुरक्षित हुन्छ । यसलाई सजिलै ह्याक गर्न सकिन्न ।

यदि तपाईंलाई पासवर्ड सम्झिन कठिन भईरहेको छ अथवा विर्षने बानी छ भने तपाईंले पासवर्ड मैनेजर नाम गरेको मोबाइल एपको प्रयोग गर्न सक्नुहुनेछ । यो मोबाइल एप सुरक्षित छ र यसले तपाईंको जीमेल (Gmail) सहित अन्य कुनैपनि प्लाटफर्मको Login पासवर्ड (Password) सेभ गरेर राख्नुको साथै तपाईंको मोबाइलको सुरक्षालाई पनि सुनिश्चित गर्दछ ।


Loading comments...