Lifestyle Portal
  •   ९ कार्तिक २०७८, मंगलवार

कम्बोडिया पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

१ भाद्र २०७८, मंगलवार २१:४८

जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका वडा नं. १ गोकुले घर भई हाल काठमाण्डौ, तारकेश्वर नगरपालिका फुटुङ बस्ने वर्ष २८ को मिनध्वज भन्ने विचारमान मोक्तान समेतले जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल न.पा. वडा नं. ८ चिसापानी बस्ने वर्ष ३६ को प्रेम बहादुर तामाङ समेत ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ती रु ६,५०,००० ।- (अक्षरुपी छ लाख पचास हजार) लाग्छ कम्बोडिया पुगे पछी क्यासिनोमा BOSS GUARD मा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी निज प्रेम बहादुर तामाङ समेत ६ जना बाट रु. ३९,००,०००।- (अक्षरुपी उनान्चालिस लाख) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनि पत्राचार भएकोमा यस महाशाखाबाट खटिएको बिशेष टोलीले विपक्षीहरु मध्येका मिनध्वज भन्ने विचारमान मोक्तानलाई मिति २०७८।०४।३२ गते का.जि.का.म.न.पा. वडा नं. १० नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाण्डौ पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

रौतहट । अबैध रुपमा रकम उठाई ठगी गरेको अभियोगमा बौधीमाई नगरपालिका-१ बस्ने दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न

स्याङजा । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त अर्जुनचौपारी गाउँपालिका-२ बस्ने ५२ वर्षीय पोत बहादुर रोकाहालाई शनिबार प्रहरीले पक्राउ गरेको छ

कैलाली । आफ्नै पति धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता