
अव श्रम स्वीकृती स्थानिय सरकारबाटै हुने
५ पुष २०७५, बिहीबार १०:१५
यहि पौष १५ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिन काठमाडौं आउनै पर्ने बाध्यता नहुने भएको छ । प्रदेशस्तर बाटै वैदेशिक रोजगारको लागि पुनः श्रमस्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने काम सुरु हुने भएको छ । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्य ६ वटा प्रदशस्तरीय श्रम कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरेर यो सेवा दिन लागेको हो ।
अहिलेसम्म काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएको मन्त्रालयले यो सेवा अब विराटनगर, धनुषा, पोखरा बुटवल, सुर्खेत र धनगढीका श्रम कार्यालयबाट नै श्रम स्वीकृती प्रदान गर्ने छ ।
अहिले काठमाडौंको ताहाचलमा श्रम इजाजत लिन ठूलो भीडा लाग्ने र निकै धेरै समय खर्चिनु पर्ने भएकाले ठूलो सास्ती छ । अब यो समस्या हट्ने र सहज रुपमा सेवाग्राहीले सेवा लिन पाउने श्रम मन्त्री गोकर्ण बिष्टको विश्वास छ । कार्यालयहरुमा टोकनसहितको सहज श्रम स्वीकति लिने व्यवस्था मिलाउने योजना मन्त्रालयको छ । पूर्वाधारहरु तयार भएपछि इकाइबाट अन्य प्रकारका श्रम स्वीकृति पनि दिने व्यवस्था गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग