अफगानिस्तानका (Afghanistan) महिला तथा बालिकाहरुबारे चिन्तित एञ्जेलिना जोली, इन्स्टाग्राममा सार्वजनिक गरिन पीडित बालिकाको पत्र


एञ्जेलिना जोलीले तालिबान शासित अफगानिस्तानमा बस्दै आएकी एक सानी बालिकाले आफैले लेखेको पत्र आफ्नो इन्स्टाग्राम अकाउण्टमार्फत सार्वजनिक गरेकी छिन् । जारि तस्वीरमा अफगानी बालिकाद्वारा लेखिएको पत्र देख्न सकिन्छ । ति बालिकाले पत्रमा डर तथा सहयोगविहिन भएको कुरा उल्लेख गरेकी छिन् ।

हलीउडकी लोकप्रिय अभिनेत्री एञ्जेलिना जोलीले इन्स्टाग्राममार्फत् सार्वजनिक आफ्नो पहिलो पोष्टमा अफगानिस्तानमा पीड़ित महिला तथा बालिकाहरुको लागि आवाज उठाएकी छन् भने इन्स्टाग्राममा एक बालिकाद्वारा लेखिएको पत्र सार्वजनिक गर्दै उनी लेख्छिन्, ‘म इन्स्टाग्राममा ती आवाजहरु तथा कथा सुनाउन आएकी छु, जसले पुरै संसारमा आफ्नो मानवीय अधिकारका लागि लडीरहेका छन् ।’

 

View this post on Instagram

 

A post shared by Angelina Jolie (@angelinajolie)


४६ वर्षीय एञ्जेलिना जोलीले इन्स्टाग्राममा यही सन्देश विश्व समाजलाई प्रवाह गर्न शनिवार विहान अकाउन्ट बनाएकी हुन् । उनले यही सन्दर्भमा अगाडि थप्दै लेखेकी छिन कि, ‘यसको माध्यमबाट विश्वमा सामान्य मानवीय अधिकारबाट वञ्चित तथा पीडित व्यक्तिहरुसँग कुरा गर्नेछु ।’ इन्स्टाग्राममा पोष्ट गरिएको उनको पहिलो सामाग्रीमा एञ्जेलिना जोलीले तालिबान शासित अफगानिस्तानमा बस्दै आएकी एक सानी बालिकाले आफैले लेखेको पत्र आफ्नो इन्स्टाग्राम अकाण्टमार्फत सार्वजनिक गरेकी छिन् । जारि तस्वीरमा अफगानी बालिकाद्वारा लेखिएको पत्र देख्न सकिन्छ । ति बालिकाले पत्रमा डर तथा सहयोगविहिन भएको कुरा उल्लेख गरेकी छिन् ।

२० वर्ष पछि अफगानिस्तानमा तालिबानले शासनमा कब्जा गरेको हो । पत्रमा बालिकाले अगाडि लेखेकी छिन, ‘२० वर्षपछि फेरि एकपटक हाम्रो कुनै व्यक्तिगत अधिकार छैन । हाम्रो भविष्य अन्धकारमा छ । हाम्रो स्वतन्त्रता लुछिएको छ र हामीलाई जेलमा हुलीएको छ ।’ एन्जेलिना जोलीले पत्र शेयर गर्दै लेखेकी छिन, ‘यो पत्र मलाई अफगानिस्तानको एक सानी बालीकाले पठाएकी हुन् । अफगानिस्तानमा नागरीक आफ्नो अभिव्यक्ति स्वतन्त्रता गुमाईरहेका छन् । अब उनीहरु आफ्नो कुरा खुलेर राख्न सक्दैनन । यसका साथै उनी अगाडि लेख्छिन्, ‘म इन्स्टाग्राममा यस्तो कथा तथा आवाजहरुलाई स्थान दिनेछु, जसले आफ्नो आधारभूत मानवीय अधिकारका लागि लडिरहेछन् ।’


Loading comments...