ललितपुर, बागडोलस्थित नवनिर्मित ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’को उद्घाटन


नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितिमा आज ललितपुरको बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवनको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । 

जेष्ठ नागरिकहरुका लागि यो भवन एक नमुना वृद्घाश्रमको रुपमा रहेको छ र उनीहरुको उचित हेरचाहका लागि आधुनिक, अपाङ्गमैत्री संरचनाहरुको सुविधा रहेको छ । यस भवनमा ११० वटा बेडका साथै स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र अन्य उपकरणहरु रहेका छन् ।

भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अनुरुप यस भवनको निर्माण भारत सरकारको नेरु ५ करोड आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा गरिएको हो ।

हामी बीचको विकास सहकार्यमा यस्ता परियोजनाहरुको कार्यान्वयनको ठूलो महत्व रहेको छ । यस्ता परियोजनाहरुको कार्यान्वयनले समुदाय स्तरमा विकास गर्न मद्दत गर्दछ । यस अवसरमा राजदूतले ज्यापु समाजलाई धन्यवाद दिुनुका साथै नेपाली समाजमा ज्यापु समाजले पु¥याएको योगदानको कदर गर्नुभयो ।

दुई देशबीचको विकास सहकार्यको हिस्साको रुपमा भारतले नेपालभर हालसम्म ४५० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ ।


Loading comments...