
“विश्व संस्कृत दिवस”को अवसरमा “पूर्वीय संस्कृतिको स्रोतः संस्कृत” विषयक अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न
विश्व संस्कृत दिवसको अवसर पारी नेपाल भारत सुसंस्कृत सभ्यताको चर्चा तथा आधूनिक यूगमा संस्कृतको महत्व सन्दर्भमा अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न भएको छ । काठमाण्डौ लैनचौरस्थित भारतीय दूतावासमा रहेको “स्वामि विवेकानन्द सांस्कृतिक केन्द्र”, नेपाल संस्कृत विश्वविद्यालयको संयुक्त त्तवाधानमा “संस्कृतम् : पूर्वीय-संस्कृते : स्रोत : अन्तर्राष्ट्रिय संगोष्ठी” संचालन भएको थियो ।
वेदहरु तथा भाषाहरुको पनि भाषा र पूर्वीय संस्कृतिको स्रोत संस्कृतको प्रवर्द्धनार्थ आयोजित उक्त संगोष्ठीमा नेपालका लागि भारतीय राजदूत विनय महोन क्वात्रासहित नेपाल तथा भारतका विद्वानहरुको सहभागीता रहेको थियो । शताब्दी पुरुष श्री सत्यमोहन जोशी, पद्मश्री श्री चमू कृष्ण शास्त्री तथा नेपाल, भारत, अमेरीका, बेलायत लगायतका देशहरुका विख्यात विद्वानहरुको उपस्थितबिच वहाँहरुको विचार विमर्शपछि कार्यक्रम सम्पन्न भएको थियो ।