
दिपाश्रीको जन्मदिनमा आफ्नो संघर्ष र सफलता सम्झिंदै दीपक लेख्छन् “मेरो एउटा साथी छिन्”
७ भाद्र २०७८, सोमबार ०९:१७
३० बर्ष अघिको कुरा हो, म हरेक दिन रेडियो नेपाल जान्थे, नाटक खेल्न खुट्टामा चप्पल हुन्थ्यो, शरिरमा झुत्रे लुगा तर ऑखामा मिठो सपना थियो मिहेनत धेरै गरे, संघर्ष धेरै भयो, तर सफलता अझै टाढा थियो ।
हरेक दिन संघर्ष संगै इश्वरसँग प्राथना गरिरहन्थे
न मेहनत काम लागिरहेको थियो, न प्रार्थना ! त्यहि समय रेडियो नेपालमा एकदिन उनिसँग मेरो भेट भयो । त्यो भेट बिस्तारै सहकार्यमा बदलियो, “राम बिलास धनियॉ “ ५ बर्ष, “तितो सत्य”१२ बर्ष बिभिन्न चलचित्रहरू १० बर्ष गर्दै आज म यहाँ आइपुगेको छु ।
मैले इश्वरसँग धेरै गुनासो गरेको थिए, सफलता मागेको थिए । तर इश्वरले आशीर्वादको रूपमा कतिबेला उनीलाइ मेरो साथि बनाएर पठाएछन् पत्तै भएन !!!
उनि एउटा यस्तो साथि ,जो अरूको खुशिका लागि आफ्नो खुशि त्यागिदिन्छ, जो अरूको सपना पूरा गर्न आफ्ना सपनाहरूलाई पिन्जडामा थुन्न सक्छ!!! अरूकै लागि हाँस्न सक्ने, अरूकै लागि बाँच्न सक्ने ।
कसैको ऑशु देख्नै नसक्ने, मुख अलि छुच्चो तर मन सारै कमलो, जस्ले जे भनोस उनि संसार कै सबैभन्दा जाती छिन्..
मेरो एउटा साथी छिन् !!!
जो सबैभन्दा माथि छिन् !!!
तिमिलाई जन्मदिनको लाखौ, करौडौ, अरबौ, खरबौ शुभकामना प्रिय साथि दीपा!!
तस्वीर तथा सामाग्री: कलाकार तथा सञ्चारकर्मी दीपकराज गरीको फेसबुक पेज
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले
काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा