Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

धनुषामा ससुरा-बुहारीको शव गाडिएको अवस्थामा फेला पर्यो, एक पक्राउ

८ भाद्र २०७८, मंगलवार १०:३९


जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकामा ससुरा र बुहारीको हत्या गरी सँगै गाडिएको अवस्थामा फेला परेको छ । मिथिला नगरपालिका वडा नम्बर ५ ललियामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सो शवहरु स्थानीय चेता भन्ने ५५ वर्षिय रामवृक्ष मण्डल र उनको बुहारी २१ वर्षिया अमृता मण्डलको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । मृतक महिला भागेश्वर मण्डलको श्रीमती हुन् । प्रहरीका अनुसार अहिले शव उत्खननको कार्य भइरहेको छ ।

मृतक दुवै जना वेपत्ता रहेको गाउँलेहरुले थाहा पाएपछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा फेला परेको हो ।

यता उनीहरुको हत्यामा संलग्न रहेको आशंकामा मृतक महिलाका पति ३० वर्षिय भागेश्वर मण्डललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

न्यूज कारखानाको सहयोगमा

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो