
चन्द्रागिरी हिल्समा माधव नेपालको ब्रिफिङ : ओलीले ढोका बन्द गरेपछि नयाँ पार्टी खोल्नुपर्यो
८ भाद्र २०७८, मंगलवार १३:१५
काठमाण्डौ । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले एमालेको ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्नुपरेको बताएका छन् ।
काठमाडौंकाे चन्द्रागिरी हिल्स रिसाेर्टमा पार्टीको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले आफूसहित १४ सांसदमाथि कारबाहीदेखि आफूहरुलाई एमाले फर्कन ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्नुपरेको प्रस्टीकरण दिएका हुन् ।
‘ओलीकोसामु घुँडा टेकेर बस्नुपथ्र्याे’, उनले भने, घुँडा टेकेर बस्न नसक्ने भएपछि नयाँ पार्टी खोल्नु परेको हो ।’अब आफ्नो पार्टीले अरु वामपन्थी दलहरुसँग एकता गरेर मुलुक र जनताको हितमा काम गर्ने उनको भनाइ छ ।
एमालेबाट विभाजन भएर नेता नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगले भोलि बुधबार सनाखतका लागि उनीहरुलाई कार्यालयमा बोलाएको छ ।
न्यूज कारखानाको सहयोगमा
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले
काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा