
सनाखतका लागि माधव नेपालका नेतालाई निर्वाचन आयोगले समय तोकेरै डाक्यो
८ भाद्र २०७८, मंगलवार १४:०६
निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि सनाखत गर्न नेताहरुलाई समय तोकेर बोलाएको छ ।
एमालेबाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाइएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एकीकृत समाजवादी दल दर्ताका लागि नेताहरुको सनाखत गर्न बुधबार बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म कार्यालयमा उपस्थित हुन समय तोकेको न्युज कारखानालाई जानकारी दिए ।
एकीकृत समाजवादी पार्टीका नेताहरु अहिले चन्द्रागिरीमा भेलामा छन् । बेलुकासम्म नेताहरु फर्कने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
आउनुहोस् यस आलेखमा अमेरिकामा भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको छ त्यसबारे चर्चा गरौं। भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल