
“संस्कृतम् भारत-नेपालयो: संपत्ति: भाग २” शीर्षक महत्त्वपूर्ण पुस्तक विमोचित
८ भाद्र २०७८, मंगलवार २१:४०
श्रावणी पूर्णिमाको शुभ दिन “विश्व संस्कृत दिवस” को अवसरमा, वेदको भाषा संस्कृत को महत्त्व लाई प्रकाशमा ल्याउनको लागि ‘संस्कृत : पूर्वीय संस्कृतिको स्रोत’ शीर्षकमा एउटा अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन नेपालका लागि भारतका राजदूत श्रीविनय मोहन क्वात्राले गरेका थिए। विद्यमान कोभिड -१९ को परिस्थितिमा यो सेमिनारलाई भौतिक तथा भर्चुवल माध्यमबाट संचालन गरिएको थियो।
समारोहमा वाङ्गमय शताब्दी पुरुष र नेपालका महान् विद्वान् श्रीसत्य मोहन जोशी, पद्मश्री पुरस्कार विजेता श्री चमू कृष्ण शास्त्री लगायत भारत, नेपाल, अमेरिका, बेलायत र इटलीका प्रख्यात विद्वानहरूको उपस्थिति थियो। सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) का अध्यक्ष श्रीविनय सहस्रबुद्धेले भिडियो सन्देश मार्फत कार्यक्रमको लागी शुभकामना व्यक्त गर्नुभयो।
सेमिनारमा नेपालका १५ संस्कृत विद्वानहरूले आफ्नो शोध पत्र प्रस्तुत गरे र भारत र विदेशका ३० भन्दा बढि विद्वान् हररूले संस्कृत भाषा, साहित्य, संस्कृति, तंत्र, व्याकरण,आयुर्वेद, ज्योतिष, र योग लगायत विभिन्न बिषयहरूमा आफ्ना लेख र विचार प्रस्तुत गरे।
नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरूका साथै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष र त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयका डीनसहित थुप्रै संस्कृत विद्वानहरूले सेमिनारमा आ-आफ्नो विचार आदान प्रदान गर्नुभयो। उक्त सेमिनारमा नेपाल, भारत लगायत अन्य मुलुक का ४५ विद्वानहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। फेसबूक लाईभको माध्यमबाट पनि हजारौंले यो सेमिनारमा आफ्नो उपस्थिती जनाउनु भएको थियो।
सेमिनारको उद्घाटन सत्रमा महामहीम भारतीय राजदूत विनय मोहन क्वात्रा, शताब्दी पुरुष श्री सत्यमोहन जोशी, श्री चमू कृष्ण शास्त्री तथा प्रा. भीम प्रसाद खतिवडाबाट सामुहिक रूपमा “संस्कृतम् भारत-नेपालयो: संपत्ति:- भाग २” शीर्षक महत्त्वपूर्ण पुस्तकको पनि विमोचन भएको थियो ।
“विश्व संस्कृत दिवस”को अवसरमा “पूर्वीय संस्कृतिको स्रोतः संस्कृत” विषयक अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ जना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ
केही फरक हो म तिमीभन्दा फरक देख्छु म तिमीभन्दा फरक लेख्छु तिमी जिन्दगीलाई आशा छरिएको लोकतन्त्र ठान्छौ र म जिन्दगीलाई
थिएन भनौ भने मास्टर पास भएको कागजको खोस्टो थियो तर त्यो कागजको कदर थिएन त्यहाँ लखर लखर एउटा अफिसबाट अर्को
गोकुलले मतिर हेर्दै भने ‘जे कुरा देखेर आयो अन्त कतै, त्यो आफ्नो घरमा पनि हुनु पर्ने। नयाँ कुनै कुरा देख्यो,