मन्दिर हिँडेकी किशोरीको शव चार दिनपछि मकैबारीमा भेटियो


सुर्खेत, न्यूज कारखाना । कालिकोटको खाँडाचक्र नगरपालिका–६ मा एक किशोरीको शव फेला परेको छ ।

मन्दिर जान्छु भनेर ४ भदौमा घरबाट हिँडेकी १६ वर्षीया निरु विकको शव चार दिनपछि मकैबारीमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शरीरको विभिन्न अंग छुट्टिएको र जंगली जनवारले खाएको अवस्थामा शवव भेटिएको स्थानीय बसन्त सुनारले बताए ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी चक्रबहादुर शाहले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोट लगिएको छ ।

सांकेतिक तस्वीर


Loading comments...