Lifestyle Portal
  •   ११ कार्तिक २०७८, बिहीबार

एमाले अध्यक्ष ओलीले बोलाए विशेष पत्रकार सम्मेलन

९ भाद्र २०७८, बुधबार ०८:५८

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।

पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न अध्यक्ष ओलीले विहान ११ बजे पत्रकार सम्मेलन बोलाएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूको उपस्थितिमा विहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा पत्रकार सम्मेलन हुनेछ ।

बुधवारै दिउँसो वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई निर्वाचन आयोगले दल दर्ता प्रयोजनअन्तर्गत सनाखतका लागि बोलाएका बेला त्यसअघि नै अध्यक्ष ओलीले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्न लागेका हुन् ।

नेपाल समूहमा रहेका १० जना स्थायी कमिटी सदस्यसँग अध्यक्ष ओली २ जेठमा फर्किन सहमत भएका छन् । मंगलबारको स्थायी कमिटीले बैठकले उक्त सहमतिलाई अनुमोदन गरेको थियो । बैठकमा १० जना नेताहरु पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रवीन्द्र मिश्रसँग तालमेल गर्ने सम्भावना रहेको बताएका छन्। एउटा टेलिभिजन अन्तरवार्ताका क्रममा

सन्तोष देवकोटा । भारतका प्रभावशाली दुई युवा नेता कन्हैया कुमार तथा जिग्नेश मेवाणीले मंगलबार राजनीतिको आगामी यात्राका लागि भारतीय कांग्रेस

प्रकाश तिम्सिना/न्युज कारखाना, सुनसरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा

काठमाण्डौ । दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवासमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार