Lifestyle Portal
  •   ९ कार्तिक २०७८, मंगलवार

दोस्रो टेस्टमा पाकिस्तान विजयी, सिरिज १-१ को बराबरीमा सकियाे

९ भाद्र २०७८, बुधबार ०९:०५

काठमाण्डाै‌ । भ्रमण टोली वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पाकिस्तान विजयी भएको छ । घरेलु टोली पाकिस्तानले किङ्सटनमा वेस्ट इन्डिजलाई १ सय ९ रनले पराजित गरेको हो ।

पाकिस्तानको जितसँगै दुई खेलको टेस्ट सिरिज १-१ को बराबरीमा सकिएको छ । पहिलो टेस्टमा वेस्ट इन्डिजले पाकिस्तानलाई १ विकेटले पराजित गरेको थियो ।

यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा ३ सय २ रन जोडेको थियो । उसका फावद आलमले अविजित रहँदै १ सय २४ रनको शतकीय इनिङ्स खेले । वेस्ट इन्डिजले पहिलो इनिङ्समा मात्र १ सय ५० रन बनाउन सक्यो ।

दोस्रो इनिङ्समा पाकिस्तानले १ सय ७६ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दा वेस्ट इन्डिजले ३ सय २९ रनको लक्ष्य पाएको थियो ।

जितका लागि ३ सय २९ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज ८३.२ ओभरमा २ सय १९ रनमा अल आउट भयो ।

पहिलो इनिङमा ६ र दोस्रोमा ४ गरी कुल १० विकेट लिएका शाहिन साह अफ्रिदी खेलको प्लेयर अफ द म्याच र सिरिज दुवै चुनिए ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका

काठमाडौंः सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको छ। कोरोनाको विरुद्धको भ्याक्सिन लगाइसकेका पर्यटकका लागि सरकारले क्वारेन्टिन बस्नु पर्ने नियम

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ