Lifestyle Portal
  •   १३ जेष्ठ २०७९, शुक्रबार

निर्वाचन आयोग जाँदै माधव नेपाल र महन्थ ठाकुर

९ भाद्र २०७८, बुधबार ०९:१६

काठमाण्डौ । दल दर्ता सनाखतका लागि प्रस्तावित दुई पार्टीका नेताहरू आज बुधबार निर्वाचन आयोग जाँदैछन् ।

नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा) पार्टीबाट अलग भएकाे महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीकाे दर्ता सनाखतको प्रक्रिया सुरु हुन लागेको हो ।

यसअघि आयोगका हस्ताक्षर बुझाएका प्रस्तावित दुवै दलका नेताहरू सनाखतका लागि आज बिहान साढे ११ बजे आयोग जाँदैछन् । ‘बुधबार साढे ११ देखि दिउँसो २ बजेसम्म सनाखतको समयावधि तोकेका छौँ,’ आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमालाले बताए ।

 

उनका अनुसार सनाखतका लागि सशरीर उपस्थित हुनुपर्नेछ । ‘सामान्य मान्यता सनाखत भनेको पहिलेको दस्तखत रुजु गर्ने हो,’ उनले भने, ‘दिल्लीमा रहनुभएका झलनाथ खनालका विषयमा आयोगले नै निर्णय गर्ला ।’

सनाखत भइसकेपछि छानबिन गर्न आयोगलाई ४५ दिनसम्म समय हुन्छ । तर, त्यतिधेरै समय नलाग्ने उनले बताए ।

न्यूज कारखानाको सहयोगमा

यो पनि पढ्नुहोस्: सनाखतका लागि माधव नेपालका नेतालाई निर्वाचन आयोगले समय तोकेरै डाक्योसनाखतका लागि माधव नेपालका नेतालाई निर्वाचन आयोगले समय तोकेरै डाक्यो

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा