Lifestyle Portal
  •   ११ जेष्ठ २०७९, बुधबार

बादलसहित पूर्वमाओवादी नेताको जिम्मेवारी फेरिँदै

९ भाद्र २०७८, बुधबार १०:०७

काठमाडौँ, ९ भदौ

दश बुँदे सहमति कार्यान्वयन सुरु भएसँगै नेकपा विभाजनपछि एमालेमा लागेका रामबहादुर थापा ‘बादल’सहित पूर्वमाओवादी समूहका नेताहरूको जिम्मेवारी हेरफेर हुने भएको छ ।

एमालेको केन्द्रदेखि वडा तहसम्मको संरचना २ जेठ २०७५ को सांगठनिक संरचनामा फर्किएका कारण बादलसहित पूर्वमाओवादी नेताहरूले पाएको जिम्मेवारीमा पनि फेरबदल हुने निश्चित भएको हो ।

स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेमा नेता-कार्यकर्ताले पूर्वअवस्थाको जिम्मेवारी पाउने निश्चित भएकाले पार्टी विभाजनपछि एमालेमै रहेका पूर्वमाओवादीका नेताहरूको जिम्मेवारीमा हेरफेर गरिने बताए । एमालेमै रहेका उनीहरूलाई सम्मानजनक रूपमा नयाँ जिम्मेवारी दिइनेछ ।

‘अब प्रदेश समन्वय कमिटी पूर्ववत रुपमा (तत्कालीन एमालेको) संयोजक र सहसंयोजक रहेको संरचनामा फर्किन्छ, त्यसपछि आवश्यकताका आधारमा पार्टीले इन्चार्ज, सहइन्चार्ज राख्ने कि नराख्ने नयाँ निर्णय गर्छ,’ गुरुङले भने, ‘जिल्लाको हकमा पनि पूर्ववत संरचनाबाटै पार्टी क्रियाशील हुन्छ तर विभाजनतिर लागेर रिक्त हुने स्थानमा नयाँ निर्णय हुनेछन् ।’

एमालेको संस्थापन पक्षले पार्टी विभाजनपछि एमालेमा लागेका बादललाई बागमती, लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्ज बनाएको थियो । त्यस्तै, टोपबहादुर रायमाझीलाई मोर्चाफाँट इन्चार्ज, प्रभु साहलाई प्रदेश २ को संयोजक तथा मणि थापालाई सांस्कृतिक फाँट इन्चार्ज बनाएको थियो ।

सचिव भीम आचार्यले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णयसँगै नेकपाको विभाजन र एमाले ब्यूँतिएपछि एकलौटी रूपमा गरिएका सवै निर्णयलाई प्रतिस्थापन गरेको बताए । ‘यसअघिका सबै निर्णय प्रतिस्थापित भएको छ, अब आवश्यकताको सिद्धान्तअनुसार नयाँ निर्णय हुनेछन्,’ उनले भने ।

त्यस्तै, दश बुँदे सहमतिअनुसार १० प्रतिशत नयाँ केन्द्रीय सदस्य थपिनेछन् । केन्द्रीय सदस्य थप्ने, केन्द्रीय निकाय र विभागलाई पूर्णता दिन तथा आवश्यकताअनुरूप पुनर्गठनका लागि स्थायी समितिले ६ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा उपाध्यक्ष भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भूषाल तथा स्थायी समिति सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य तोकिएका छन् ।

बैठकले २३ फागुनयता संस्थापन पक्षले गरेको एकलौटी निर्णय प्रतिस्थापन गर्दै महाधिवेशन तयारीसम्बन्धि सबै निर्णय फेरबदल गरेको छ । जसअनुसार यसअघि २७ र २८ भदौका लागि तोकिएको विधान महाधिवेशन असोजको ४, ५ र ६ गते गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, आगामी ४ र ५ मंसिरका लागि तोकिएको दशौं महाधिवेशन १०, ११ र १२ मंसिरमा गर्ने निर्णय स्थायी कमिटी गरेको छ । असोज पहिलो साता तोकिएको वडा र पालिका तहको अधिवेशन ६ र ८ कात्तिकमा गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा

मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै

वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी,

काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो