Lifestyle Portal
  •   १० कार्तिक २०७८, बुधबार

अफगानिस्तानको काबुलमा महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध

९ भाद्र २०७८, बुधबार १३:१३

काबुल । अफगानिस्तानमा तालिवानले सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जान र महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । पश्चिमा फौजसँगै देश छोड्न चाहने अफगानीको संख्या बढेसँगै तालिवानले बुधबार आफ्ना नागरिकलाई यस्ता प्रतिबन्ध लगाएको हो ।

तालिवान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले राजधानी काबुलमा आयोजित एक पत्रकार सम्मेलनमा आफ्ना नागरिकमाथि विभिन्न प्रतिबन्धको घोषणा गर्दै ती प्रतिबन्ध उल्लंङघन गरे कारबाही गरिने समेत धम्की दिएका छन् । ‘सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जाने बाटो बन्द छ । आदेश उल्लंङघन गर्नेमाथि कडा कारबाही हुन्छ’ प्रवत्ता मुजाहिदले भने ।

महिलामाथि हुन सक्ने दुव्र्यबहारका कारण घर भित्र बस्न बाध्य पारिएको तालिवान प्रवत्ताको दाबी

विमानस्थलमा पुगेका अफगानीलाई पनि तत्काल फर्कन उनले आग्रह गरे । ‘विदेशी फौजसँगै विमानस्थलमा पुगेका अफगानीलाई तुरुन्त घर फर्कन आव्हान गर्छ । हामी उनीहरुलाई विदेश जान दिन्नौ ।’ उनीहरुकै सुरक्षाका लागि महिलाहरुलाई घरभित्र बस्न भनिएको उनले बताए । ‘महिलामाथि हुन सक्ने दुव्र्यबहारका कारण घर भित्र बस्न अनुरोध गरिएको हो । ’

त्यस्तै, तालिवान प्रवत्ताले विदेशी सेनालाई तोकिएको समयभित्र देश छोड्न समेत चेतावनी दिए् । अफगानिस्तानमा अलपत्र परेका विदेशी सेनालाई नेटो फौज र पश्चिमा मुलुकका जहाजबाट उद्दार गरी विमानस्थल लैजान सकिने उनको भनाई थियो ।

अर्को एक छुट्टै प्रसंगमा तालिवानले अमेरिकी गुप्तचर निकायका प्रतिनिधिसँग गोप्य भेट गरेको विवरण उनले अस्वीकार गरे । तालिवानले गुप्तचर निकाय निर्देशकलाई सार्वजनिक रुपमै मंगलबार भेटेको उनको भनाई थियो । यसअघि सिआइएका निर्देशक विलियम बन्सले तालिवानी नेता अब्दुल गनी बरादरलाई काबुलमा गोप्य भेटेको विवरण सार्वजनिक भएको थियो ।

g

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

यो समस्या महिलामा बढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै

T20 WC – Ind Vs Pak: भारत तथा पाकिस्तानको खेल प्रारम्भ हुनुअघि भारतीय टोलीले घुँडा टेकेको छ भने पाकिस्तानी टोलीले