Lifestyle Portal
  •   ६ कार्तिक २०७८, शनिबार

माधव समूहका ५४ नेताको हस्ताक्षर प्रमाणीकरण, काफ्ले निर्वाचन आयोग नै गएनन्

९ भाद्र २०७८, बुधबार १७:३६

काठमाण्डौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन आयोगमा बुझाएका ५८ जना केन्द्रीय सदस्य मध्ये ५४ जनाको मात्रै हस्ताक्षर प्रमाणीकरण भएको छ ।

निर्वाचन आयोगले तोकेको समयसिमा अनुसार बुधवार निर्वाचन आयोग गएका मध्ये चारजनाको हस्ताक्षर प्रमाणीकरण भने हुन सकेन । आयोगमा गत साता बुझाएको सुचीमा हस्ताक्षर गरेका नेताहरु मध्ये केन्द्रीय सदस्य भाष्कर काफ्ले भने निर्वाचन आयोगमा अनुपस्थित भएका छन् ।

नेकपा एमाले विभाजन गरी नेकपा (एस) गठन गरे पनि नेपालका बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेलगायतको हस्ताक्षर भने प्रमाणीकरण हुन सकेको छैन । सुरुको सुचीमा हस्ताक्षर नगरेका कारण उनीहरुले हस्ताक्षर गर्न नपाएका हुन् ।

न्यूज कारखानाको सहयोगमा

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

आर्थिक महामन्दीले कुनै एक देश वा विश्वको कुनै एक क्षेत्रलाई प्रभावित गर्छ। त्यस देश वा क्षेत्रको अर्थतन्त्रलाई सुस्त पार्छ। त्यहाँका

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त समारोहमा

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ