Lifestyle Portal
  •   १३ जेष्ठ २०७९, शुक्रबार

मैत्रीपूर्ण फुटबल : हेड टु हेडमा यस्तो छ नेपाल भर्सेस भारत

९ भाद्र २०७८, बुधबार १७:५७

काठमाण्डौ । नेपाल राष्ट्रिय फुटबल टोली र भारतीय राष्ट्रिय फुटबल टोलीबिच भदौ तेस्रो साता दुई मैत्रीपूर्ण खेल हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अल इण्डियन फुटबल फेडेरेसन (एआईएफएफ) ले मैत्रीपूर्ण दुई खेलको लागि प्रस्ताव गरेको थियो । नेपालले स्विकार गरेसँगै १७ र २० भदौमा दशरथ रंगशालामा खेल हुने तय भएको छ ।

मैत्रीपूर्ण खेलका लागि यतिबेला दुबै टोली तयारीमा ब्यस्त छन् । नेपाली टोली हाल पोखरा रंगशालामा दुई साताको प्रशिक्षणमा छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले भारतसँगको मैत्रीपूर्ण खेलको लागि २५ सदस्यीय टोली घोषणा गरेका छन् । उनले विगतका स्ट्राइकर भरत खवास, अभिषेक रिजाल र डिफेण्डर रन्जित धिमाललाई बाहिर राख्दै टोली घोषणा गरेका हुन् ।

अब्दुल्लाहले घोषणा गरेको टोलीमा राजन गुरुङ र नितिन थापाले पहिलो पटक स्थान बनाउँदा सुजल श्रेष्ठले पुनरागमन गरेका छन् ।

यता, भारत पनि नेपालसँगको खेलअघि प्रशिक्षणमा ब्यस्त छ । उसले कोलकतामा १५ दिनसम्म प्रशिक्षण गर्ने जनाएको छ । मुख्य प्रशिक्षक इगोर स्टिम्याकले २३ खेलाडीलाई प्रशिक्षणमा राखेका छन् ।

१० खेलाडी भने एएफसी कप खेल्न माल्दिभ्सको मालेमा छन् । बंगरुलु एफसी र एटिके मोहन बंगान यतिबेला एएफसी कप खेलिरहेका छन् । दुई क्लबका खेलाडी प्रशिक्षणमा सामेल भएपछि इगोरले टोली नेपाल ल्याउने छन् ।

५ वर्षपछि नेपालसँग खेल्न लागेको भारतीय टोलीले एएफसी कप खेलेका कप्तान सुनिल क्षेत्रीसहित केही खेलाडीलाई आराम दिने तयारी गरेको छ ।

हालसम्म नेपाल र भारतबिच १९ पटक भेट भएको छ । जसमा भारतले आफ्नो दबदबा कायम गरेको छ । हालसम्म भारतले १३ खेल जित्दा नेपालले २ खेलमात्रै जितेको छ । ४ खेलमा बराबरी भएको छ ।

भारतले ३३ गोल गर्दा नेपालले ९ गोल मात्रै गरेको छ ।

नेपाल र भारतले पहिलोपटक सन् १९८५ डिसेम्बर २० मा एक अर्काविरुद्ध खेलेका थिए । जुन खेल गोलविहीन थियो । त्यसको भोलिपल्ट पुनः भिड्दा भारतले खेल २–० गोल अन्तरले आफ्नो पक्षमा पारेको थियो ।

दुई टोलीले अन्तिम पटक सन् २०१७ को जुन ६ मा भिडेका थिए । भारतको मुम्बई फुटबल एरिनामा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको थियो । भारतका खेलाडी सन्देश झिन्गान र जे जे लाल पेख्लुयाले नेपालविरुद्ध गोल गरेका थिए ।

नेपालले अन्तिम पटक घरेलु मैदानमा भारतसँग सन् २०१५ मार्च १७ मा खेलेको थियो । फिफा विश्वकप छनोटको लागि भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

नेपाल र भारतबिचको खेलमा सर्वाधिक गोलकर्ता भारतीय टोलीका कप्तान सुनिल क्षेत्री रहेका छन् । उनले ८ खेल खेल्दै ५ गोल गरेका छन् । यस्तै आइएम विजयन र कार्लटन चापम्यानले समान ३ गोल गरेका छन् ।

न्यूज कारखानाको सहयोगमा

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा