the voice of nepal

मलाई द भ्वाइस किन मनपर्छ?


विश्व परिपेक्ष्य मा नै बिभिन्न अन्य रियालिटी शो हरु छन् । सबैको आआफ्नै विशेषता छन् र कमजोरी पनि । आज हामी द भ्वाइस अफ नेपालको वरिपरि भन्दा पर द भ्वाइस सिरिज मा नै केन्द्रित हुन चाह्यौं ।

नेपालमा पनि हामीले चिनेका धेरै कलाकारहरु यस्तै रियालीटी शोबाट आएका छन् । इन्दिरा जोशी, दिपक लिम्बु, धरमेन्द्र सेवान लगायत थुप्रै नामहरु छन् जसलाई हामीले बहुतै माया र सर्मथन गरेका छौं ।

केहि दशक अघिको नेपालको कुरा गर्दा रेडियो नेपालको भ्वाइस परीक्षाको गाथाहरु धेरै सुन्नमा आँउछ । यो पनि एउटा रियालिटी शो झैं हुने गर्दथ्यो, आवाजका पारखीहरु एकठाँउमा बसेर नवआवाजहरुलाई अब गाउन पाउने या फेरि रियाजमा फर्कने कुरा तय गर्दथे ।

गज्जब इतिहास छ नेपालमा जब रेडियो नेपालको स्टुडियोमा लाइभ बजाउने अनि गाउनेहरु श्रोताको फर्माइशमा एकैदिनमा एउटै गीत धेरै पटक बजाएको र गाएको पनि बताँउदथे । नेपाल वास्तवमै आवाजहरुको माया गर्ने अनि हिमाली छाँयामा मिठा मिठा आवाज जन्माएको देश हो ।

आउनुहोस् यस्तै आवाजको बारेमा कुरा गर्ने शो द भ्वाइस अफ नेपालको दोश्रो डिजीटल अडिशन शुरु हुने समयमा एकजना दर्शकको आफूलाई द भ्वाइस अफ नेपाल मनपर्नुका कारणहरु उल्लेख गर्न जाँदैछौं ।

मलाई द भ्वाइस मनपर्नुका कारण शिर्षकमा बैतडिका राजेश चन्द हामीलाई लेख्दछन् । राजेश टिभीमा हरेक साता द भ्वाइस हेर्दछन र उनीलाई सांगितिक रियालिटी शो हरु एकदमै मनपर्दछ ।

द भ्वाइसको ब्लाइण्ड अडिशन ताका खुबै चाख लागेको उनी बताँउदछन् । ब्लाइण्ड पछि लाइभ राउण्डमा भनें उति धेरै ब्लाइण्ड जति मन नलागेपनि फेरि सेमीफाइनल मा रौनक दोब्बर भएको उनी लेख्दछन् ।

भ्वाइस अरु कुरा भन्दा पनि केवल गायकिको मात्र कार्यक्रम रहेको र त्यसैकारणले पनि कहिलेकाँही दर्शकहरुले सोचेको जस्तो चटपटेपना नआउने सुनसरीका बिवेक दाहाल बताँउछन् । अब सिरियस कार्यक्रममा रमाइलो खाजेर त कहाँ पाँउछ र ? रमाइलोको लागि त हांस्य कार्यक्रमहरु छँदै छ नि बिवेक बताँउदछन् । तर भोटका बिषयमा चाँही अबको द भ्वाइसका श्रृखलामा भोटलाई प्रश्रय दिनपाए बताँउदछन् बिवेक ।

अर्कोतर्फ अष्ट्रेलियामा बस्ने भोजपुरकी बिमला श्रेष्ठ आँफैपनि गाउने गर्दछिन् । केहि वर्षअघि भोजपुरमा दशैं को उपलक्ष्यमा गरिएको गायन प्रतियोगीतामा प्रथम भएकी बिमला बिदेशमा रहँदा पनि नेपाली गीत र कार्यक्रम नबिराई हेर्दछिन् । गायनमा सिरियस भएका मान्छेहरु केवल वाथरुममा मात्र गाँउदैनन्, उनीहरु मञ्चमा पनि आउनपर्दछ र यस्ता कार्यक्रमले आवाजहरुलाई मञ्च दिनेगर्दछ ।
यसपालाको द भ्वाइस अफ नेपाल सि डि बिजय अधिकारी भर्साटाइल गायक हुन्, नेपाली संगीतले द भ्वाइस अफ नेपाल बिजयवाट धेरै अपेक्षा गरेको उनी बताँउदछिन् ।

बिजयले सबै परिपेक्ष्य अनि सुरका गीतलाई न्याय दिएका छन् । अबउ न्को विश्व टुरमा अष्ट्रेलिया आए भनें म उन्को कन्सर्ट हेर्न पक्कै जानेछु, बिमलाले बताइन् ।

लमजुङमा बस्ने मनिषा बिके द भ्वाइसको नियमित दर्सक हुन् । उनलाई आफ्नै घरमा बसेर भ्वाइसको दोश्रो सिजनाको अडिसनमा सहभागी हुन पाउनेमा खुशी व्यक्त गरिन । उनि जस्तै देश तथा विदेशको कुना कन्दरामा गायन रियालिटी सो मा सहभागी हुन पाएकोमा भ्वाइसको सम्पूर्ण टिमलाइ धन्यवाद दिन चाहन्छिन ।

जे होस् यस वर्षको द भ्वाइस अफ नेपाल समापन भएको छ अनि नेपालले आफ्नो प्रथम द भ्वाइस अफ नेपाल पाइसकेको छ ।
दोश्रो सिजनको डिजीटल अडिशनको खुल्ला भएको समाचार आयोजकले सुनाउने प्रतिक्षामा धेरै नेपाली छन् ।


Loading comments...