रस्साकस्सीपछि खनालको हस्ताक्षर प्रमाणीकरण, एमालेका दुई सय पाँचमध्ये माधव समूहमा ५५ केन्द्रीय सदस्य खुले


काठमाण्डौ । सशरिर उपस्थित नभएमा हस्ताक्षर प्रमाणीकरण नहुने पूर्ववत अडानबाट निर्वाचन आयोगपछि हट्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले अन्ततः ५५ केन्द्रीय हस्ताक्षर प्रमाणीकरण गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको छ ।

दिल्लीमा उपचाररत् वरिष्ठ नेता झलनाथ खनालले नयाँ दिल्लीस्थित नेपाली दूतावासवाट मञ्जुरीनामा पठाए पनि नमान्ने अडान राखिरहेको आयोगले अन्ततः मञ्जुरीनामालाई स्वीकार गर्दै उनको हस्ताक्षर प्रमाणीकरण गरिदिएको हो ।

खनालको हस्ताक्षर प्रमाणीकरणसँगै माधव नेपाल समूहमा नेकपा एमालेका दुई सय तीनमध्ये नेपाल समूहमा ५५ जना औपचारिक रुपमा खुलेका छन् । एमाले परित्याग गरेर माधव समुहमा लागे पनि सोमप्रसाद पाण्डे र माया ज्ञवालीको भने हस्ताक्षर प्रमाणीकरण हुन सकेन ।

सुरुमा नै माधव समूहवाट आयोगलाई हस्ताक्षर बुझाएका केन्द्रीय सदस्य भाष्कर काफ्ले भने निर्वाचन आयोगमा नै पुगेनन् । उनीसँग सम्पर्क गर्न खोज्दा मोबाइल स्वीच अफ छ ।

न्यूज कारखानाको सहयोगमा


Loading comments...