म्याद गुज्रिएका (Date Expired) खाद्यबस्तु रिलेभलिङ गरि बिक्रि बितरण गर्ने पक्राउ


बिभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफुखुसी महंगो मूल्य समेत राखी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने कार्य भईरहेको भन्ने गोप्य सूचना बाणिज्य बिभागमा प्राप्त भए पश्चात् यस महानगरीय अपराध महाशाखा र बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त अनुसन्धान टोलीले शंकास्पद कम्पनी तथा गोदामहरु समेतमा अनुसन्धान गर्दा का. जि. कामनपा वडा नं. १६ बालाजु स्थितमा अगद नेपाल भेन्चर प्रा. लि.का संचालक प्रभात देवले जग्गा तथा सटर भाडामा लिई जस्ताको टहरा बनाई गोदाम गरी राखेको ठूलो परिमाणमा Date expired भएका बिभिन्न कम्पनीबाट उत्पादित खाद्य सामाग्री बिस्कुटहरुः (Digestive, Crunchy, Coconut Cookies, Butter Cookies, Free-kick), पास्ता, सेवई, कर्नफ्लेक्स, लगायतका म्याद गुज्रिएका सामानहरुलाई समेत मेसिनद्धारा नयाँ उत्पादन मिति तथा मूल्य रिलेभलिङ गरि थोक तथा खुद्राका लागि बिक्री बितरण गरिरहेको अबस्थामा फेला पारी निजको गोदाम तथा भाडाको सटर समेत शिल गरि उक्त कम्पनीमा सुपरभाइजर पदमा का.जि. चन्द्रागिरी न.पा. ६ बस्ने बर्ष ३१ को सुवास खड्कालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि श्री बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल काठमाण्डौमा पठाईएको छ ।

साथै यस सम्बन्धमा थप अनुसन्धान कार्य समेत भइ रहेकाले अगद नेपाल भेन्चर प्रा.लि. बाट उल्लेखित बिभिन्न खाद्य सामग्रीहरु लिई बिक्रि वितरण गर्नुभएका थोक तथा खुद्रा बिक्रि बिक्रेताहरुले अवोप्रान्त उक्त खाद्य सामग्रीहरु बिक्रि बितरण नगर्न/नगराउन हुन समेत सचेत गरिएको छ ।

निम्न:-
(क) संलग्न व्यक्तिहरु:-
१. जिल्ला मोरङ घर भई हाल जिल्ला काठमाडौं नयाँ बानेश्वर बस्ने उक्त कम्पनीका सञ्चालक प्रभात देव । (फरार)
२. का.जि. चन्द्रागिरी न.पा. वडा नं.६ बस्ने कम्पनीका सुपरभाइजर वर्ष ३१ को सुवास खड्का । (पक्राउ)

(ख) बरामद सामाग्रीहरुः
१. उत्पादन मिति र मूल्य रिलेभलिङ गर्ने डिजिटल मेसिन थान १ ।
२. लेभल मेट्न प्रयोग हुने केमिकल थान १ ।


Loading comments...