Lifestyle Portal
  •   २४ फाल्गुन २०७७, सोमबार
चिया

जाडोमा चिया लभरहरु

५ पुष २०७५, बिहीबार १७:००

अर्जुन भण्डारी
अर्जुन भण्डारी

चिया भन्ने वित्तिकै खान्न भन्ने मान्छे निकै कम नै देखेको छु मैले । दैनिक जीवनको एक तालिका जस्तै मान्छेको दैनिक खानाको तालिका जस्तै चियाको पनि एउटा समय तालिका हुन्छ । विहान उठ्ने वित्तीकै एक कप, अनि खाना खाएको केहि बेरमा एक कप अनि खाजा खाइसके पछि एक कप, लाग्छ पाचकको काम पनि चियाले नै गर्छ । यो मान्छेको दैनिक तालिका हो । यसमा कमि हुँदैन तर बृद्धी भने हुने गर्दछ । जस्तै कुनै साथि भटियो भने, आफन्तीकोमा पाहुना हुन गइयो भने, अरु एक दुइ कप थपिन सक्छ । चिया खाने समय निश्चीत पनि हुँदैन कोहि सुत्ने बेलामा पनि खान्छन कोहि खाना संगै कोहि उठ्ने वित्तिकै, जति बेला चिया पाइन्छ खाइहालिन्छ । बुढाबुडी तरुना तरुनी बच्चाबच्ची सवैको रोजाइ हो चिया ।

कसैकोमा पाहुना हुन गयो भने पहिले सोधीने प्रश्न नै चिया खानुहुन्छ ? साथिहरु भेटियो चिया नै खाइन्छ, अनि चिया बाटै कुरा सुरु हुन्छ । साँच्ची चियाले आत्मीयता बढाउने कुरामा दुविधा छैन । कोही मनिस त चिया भने पनि मरिहत्ते गर्दछन । चिया खानकै लागि केटी हेर्न सम्म गएको कुरा पनि सुनिएको छ । हुन पनि केटि केटा भेट गराँउदा चिया नभइनहुने बस्तु नै हो ।

खाने कुरामा सवैभन्दा पहिले अफर गरिने कुरा भनेको चिया नै हो त्यसैले यसलाइ खानाहरुको जेठो भनेर मान्दा पनि हुने हो । चिया पानी चिनी र चियापत्ति केही बेर उमाले पछि तयार हुन्छ । यो बनाउन सरल अनि कम लागतमा बनाउन सकिने बस्तु हो । चिया मिठो हुने भएकाले यसको लोकप्रियता पनि बढिरहेको छ । आजकाल टि.भी. मा पनि ‘चिया गफ’ भन्ने कार्यक्रम नै देख्न पाइन्छ । निम्ता आँउछ चिया पान कार्यक्रम भनेर ।

चियाको पनि विभिन्न प्रकारहरु छन जस्तै दुध चिया, फीक्का चिया, लेमन चिया, हर्वलचिया आदी । कुन खाने भन्ने कुरा चाहीँ ब्यक्ति अनुुसार फरक पर्दछ तर एउटा चैँ रोजाइमा पक्कै परेकै हुन्छ । अनि विकल्प उपलब्ध नभएको अवस्थामा जुन भएपनि चल्छ । चिया बाँडेर खान पनि सकिन्छ तर कसैलाइ दिन मन छैन भने मैले अघि नै एक चुस्की खाइसकेँ नि भन्न पनि मिल्छ ।

 चिया
चिया बगान

चियाको उत्पत्ति चिनबाट भएको पाइन्छ । ई.पु. २७० तिर सम्राट सेन नंङ्ग रुखको छाहारीमा बसिरहेका थिए । त्यति बेला उनकी कामदार खानका लागि पानी उमालिरहेकी थिइन त्यसै बखतमा छेउको रुखको पात उक्त पानीमा खस्यो । अनि त्यो पात कामदारले निकाली सम्राट सेन नंङ्ग दिइन, उनलाइ त्यो स्वाद मन पर्यो । उनि आर्युवेदको ज्ञाता पनि भएकाले उनले त्यो स्वाद र पात बारे अनुुसन्धान गरे अनि चिया अरुलाइ पनि खुवाए । जुन अहिले अपरिहार्य बनेको छ ।

भगवानले पनि केही नखाने गरी वर्त बसेकाहरुलाइ चिया छुट गरेका छन । घरमा अवेर सम्म सुत्यो भने सजाएँ भनेको उसलाइ चिया नदिनु हो । यस्तो सजाएँ पाएपछि भोलि देखी चिया पाक्नु अगावै उठिन्छ । चिया कै आनन्दलाइ महसुस गर्दै ‘चिया बारीमा हो चियाबारीमा’ र ‘चिया कफी’ जस्ता गीतहरुको पनि रचना भएका छन । नेपालको चिया बगान इलाममा बैशाख १४ लाई चिया दिवसको रुपमा २० औं बर्ष देखि मनाइँदै आएको छ । चिया नेपालवाट निर्यात हुने बस्तु मध्ये एक महत्वपुर्ण बस्तु हो ।

चिया लभर

चिया विना दिन अधुरो

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

स्वागत छ सन् २०३९ को विश्वकप क्रिकेटको फाइनल्स म्याचमा । यस अघि धेरैपटक विश्वकप जितिसकेको राष्ट्र भारत र पहिलोपटक विश्वकप

चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भरतपुर कारागारमा राजनैतिक बन्दी जीवन बिताइरहेका आफ्ना दाजुलाई भेट गरेका छन् ।

काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक लाख रुपैयाँ दिएर आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ

काठमाडौं । हिन्दू धर्मशास्त्रको बारेमा धेरै कुरा हामीलाई थाहा छ । विज्ञानले पनि धर्मशास्त्रलाई मान्ने गरेको कुरा त हामीलाई अवगत