
श्रीमतीमाथि एसिड प्रहार गर्नेलाई साढे १० वर्ष कैद
१० भाद्र २०७८, बिहीबार २३:३६
जनकपुरधाम । श्रीमतीमाथि एसिड प्रहार गर्ने धनुषाका सञ्जीव साहलाई जिल्ला अदालतले १० वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ ।
विहीवार न्यायधीश कृष्णमुरारी शिवाकोटीको एक इजलासले साहलाई १० वर्ष ६ महिना कैदसहित ६ लाख ५० हजार जरिवाना र त्यतिकै रकम क्षतिपूर्ति दिलाउने फैसला सुनाएको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।
सञ्जीवले गत कात्तिकमा दिपावलीका दिन श्रीमती आरती र छोरी रियामाथि एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट आरतीको अनुहारमा घाउ हुनुका साथै दाहिने आँखा गुमेको थियो । दाहिने छातिलगायत अंगमा पनि गम्भीर असर परेको छ ।
फैसला आउनुअघि आजै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पीडित आरतीलाई प्रदेश सरकारको तर्फबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
:: नयूजकारखाना
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो