तालिवानले गीत सङ्गीतमा प्रतिबन्ध लगाउने


काबुल । तालिवानको सत्तामा गीतसंगीतमाथि प्रतिबन्ध लाग्ने भएको छ ।‘मुस्लिम धर्ममा संगीतमा रोक छ । उनीहरुलाई कर गर्न भन्दा पनि नसुन्नका लागि हामीले विश्वास दिलाउन सक्छौ,’ तालिवान प्रवत्ता जाविहुल्लाह मुजाहिदले न्युयोर्क टाइम्ससँग भने ।

तर, महिलाको सुरक्षालाई लिएर अहिले भइरहेका टिप्पणी गलत भएको मुजाहिदले बताए । महिलाहरु सधै घरभित्र बस्नु नपर्ने र आफ्नो काममा फर्किन सक्ने प्रवत्ता मुजाहिदले बताए ।

सन् १९९० को दशकमा तालिवान शासनकालमा संगीत, टेलिभिजन, र सिनेमामाथि कडा प्रतिबन्ध लगाइएको थियो ।

तर, अमेरिकी सरकारले उनीहरुलाई सत्ताच्युत गरेपछि अफगानिस्तानमा गीत संगीतमा उल्लेख्य प्रगति भएको छ ।


Loading comments...