Lifestyle Portal
  •   ७ कार्तिक २०७८, आईतवार

तालिवानको सत्तापलटः दिनहुँ हजारौं अफगानी पाकिस्तान भित्रिदै

१० भाद्र २०७८, बिहीबार २३:५७

इस्लामाबाद, न्यूजकारखाना । अफगानिस्तानमा तालिवानको सत्तापलटसँगै त्यहाँबाट पाकिस्तानमा शरण खोज्नेको संख्या बढ्दो छ । अफगानिस्तानको कन्दाहर प्रान्तको स्पिन बोलडाक सिमाबाट हजारौं अफगानी पाकिस्तान प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पाकिस्तान जान खोज्नेमा विद्यार्थी, पूर्व सुरक्षाकर्मी, व्यावसायीदेखि व्यापारीसम्म छन् । तालिवानको शासनमा आफूहरुले पढ्न नपाउने भएकोले कतिपय किशोरीहरु रातारात भागेर पाकिस्तान पुगेका छन् । तालिवानले यसअघि नै महिलालाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् । तर, उत्तर अफगानिस्तानका मानिसहरु भने आफूहरुमाथि जुनसुकै बेला कारबाही हुने डरले देश छोडेको बताएका छन् ।

देश छोडेका अफगानीमध्ये केहीका छिमेकी, साथी र परिबारका सदस्य पाकिस्तानमा रहेको र कोहीको पाकिस्तानमै घर छ । त्यस्तै, देश छोड्नेमा अफगान सरकारका सुरक्षाकर्मी उल्लेख्य छन् । तालिवानले कुनै पनि बदला लिन सक्ने डरले उनीहरु सुरक्षाका लागि पाकिस्तान जान लागेका हुन् ।

अल्पसंख्यक हजरा समुदायका व्यक्ति पनि पाकिस्तानमा जान चाहेको बताएका छन् । ‘तालिवान हामीप्रति कठोर छन् । उनीहरुको शासनकालमा अफगानिस्तानमा हामीले सोचे जस्तो आनन्द पाउदैनौ । त्यही भएर घर छोडेर हिडेका हांै,’ हजरा समुदायकी एक महिला भन्छिन, ‘घर छोड्दा हामी निकै त्रसित थियौ ।’

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

आर्थिक महामन्दीले कुनै एक देश वा विश्वको कुनै एक क्षेत्रलाई प्रभावित गर्छ। त्यस देश वा क्षेत्रको अर्थतन्त्रलाई सुस्त पार्छ। त्यहाँका

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त समारोहमा

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ