Lifestyle Portal
  •   ११ जेष्ठ २०७९, बुधबार

बाढीले दुई महिनादेखि अवरुद्ध मनाङको विद्युत मर्मत कार्य सुरु

११ भाद्र २०७८, शुक्रबार ००:०६

लमजुङ । बाढी पहिरोले क्षति पुर्‍याएको मनाङको विद्युतीय संरचनाको मर्मतको कार्य सुरु भएको छ ।

१ असारमा आएको बाढीले क्षति पुर्‍याएपछि दुई महिनादेखि विद्युतविहीन बनेको मनाङको राष्ट्रिय प्रसारण लाइनको मर्मत सुरु गरिएको विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले जानकारी दिए । उनका अनुसार बाढीले ३३ केभी प्रसारण लाइनसहित स्यार्कु–चामे ११ केभी र भित्री भागमा ४०० भोल्टका पोल तथा तारमा क्षति पुर्‍याएको थियो ।

बाढी पहिराले ३३ केभी लाइनको ८.४ किलोमिटर लामो लाइनका ११६ वटा पोल र ५.६ किलोमिटर लामो लाइनको ११ केभी लाइनका ८८ वटा पोलमा क्षति पुर्‍याएको छ । अहिले ४ सय भोल्ट र ११ केभी लाइनको मर्मतको काम भइरहेको सुवेदीले बताए । उनका अनुसार ३३ केभी लाइनको मर्मत भई एक हप्ताभित्र सुचारु हुनेछ । बेंसीशहरदेखि तालसम्मको बाटो खुलेसँगै पोल, तार र अन्य निर्माण सामग्री व्यवस्थापन गरी निर्माणस्थलसम्म ढुवानीको प्रक्रिया थालिएको छ ।

लाइनमा प्रयोग हुने इन्सुलेटरलगायत अन्य सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले प्रक्रिया सुरु गरिएको छ । लाइन मर्मत कार्य सुरु भइसकेकाले अबको एक महिनामा सम्पन्न भई जिल्लामा विद्युत् आपूर्ति गरी बिजुली बल्ने पनि वितरण प्रमुख सुवेदीको भनाई छ । नासो गाउँपालिका–१ तालगाउँबाट मर्मत सुरु गरेर स्याक्र्यु चामे हुँदै भ्राताङसम्म लाइन मर्मत गरिने प्राधिकरणले जनाएको छ ।

बाढी पहिरोका कारण विद्युत लाइन अवरुद्ध भएपछि चामेका सरकारी कार्यालयमा सौर्य ऊर्जा प्रणाली जडान गरिएको छ । सौर्य ऊर्जा प्रविधिबाट सरकारी कार्यालयमा विद्युतीय भुक्तानी सेवा, सूचना प्रविधि र कम्प्युटर प्रणालीमा आधारित सरकारी सेवा प्रवाह गरिएको छ ।

बाढी पहिरोले प्रसारण लाइनमा एक करोड ७० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । सदरमुकाम चामेदेखि भ्राताङसम्म ०७७ माघमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको थियो । लमजुङको मस्याङ्दी–५ घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सवस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी विद्युत् प्रसारण लाइन चामेको स्यार्कुस्थित सवस्टेसनमा जडान गरिएको थियो ।

:: न्यूजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो

तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा र ‘नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार’ क्षेत्रकी अमेरिकी उप-विदेशमन्त्री तथा तथा तिब्बती मुद्दाका लागि

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल