Lifestyle Portal
  •   ३ कार्तिक २०७८, बुधबार

वडाध्यक्षको कार्यकक्षमा मदिरा सेवन गरिरहेका नेता र शिक्षकलाई स्थानीयले थुने

११ भाद्र २०७८, शुक्रबार १०:०५

धनकुटा, न्यूजकारखाना । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर घिसिङको कार्यकक्षमा मदिरा सेवन गरिरहेका ३ जनालाई स्थानीयले थुनेका छन् । वडाध्यक्षको कार्यकक्षमा बसेर मदिरा सेवन गरिरहेका नेकपा एमाले धनकुटा जिल्ला सदस्य भोजबहादुर विश्वकर्मासहित तीन जनालाई स्थानीयले थुनेका हुन् ।

स्थानीय मेघराज खतिवडाका अनुसार बिहीबार बेलुकी वडा कार्यालय भित्रबाट हल्ला आएपछि हेर्न जाँदा वडाध्यक्ष घिसिङको कार्यकक्षमा बसेर मदिरा सेवन गरिरहेको अवस्थामा ४ जना फेला परेका थिए।

एमाले धनकुटाका जिल्ला कमिटी सदस्य हरि ओझा भने भागेको खतिवडाले बताए। उनले विश्वकर्मासहित अन्य दुई जना स्थानीयले थुनेको जानकारी दिए। दुई जना स्थानीय एक विद्यालयको शिक्षक रहेको खतिवडाको भनाइ छ ।

शिक्षकको नाम भने उनले भन्न चाहेनन् । वडाध्यक्ष घिसिङले घटनाबारे आफूलाई केही जानकारी नभएको बताए । आफूले बुझेर मात्र यस विषयमा जानकारी गराउने उनले बताए । खितवडाकाअनुसार स्थानीयले थुनेकाे तीन घण्टा पछि राति नै प्रहरीले उनीहरूलाई छाेडेकाे छ । आज दिउसाे गाउँपालिकामा छलफल गर्ने शर्तमा छाेडिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ

हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा

हाल प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८

भारत–नेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिका बैठक २०७८ आश्विन २० देखि २१ सम्म भारतको नयाँ दिल्लीमा