परराष्ट्र मन्त्रालय भन्छ “काबुलमा रहेका ४२ नेपाली सम्पर्कमा”, थप ११ जना नयाँदिल्लीमा


काठमाण्डौ । परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काउने प्रक्रिया जारी रहेको जनाएको छ । शुक्रवार मन्त्रालयद्वारा जारी विज्ञप्तिमार्फत् काबुलबाट उद्धार गरि विहीबार भारतको राजधानी नयाँदिल्ली आइपुगेका ११ नेपाली नागरिकहरू नेपाल आउने प्रक्रियामा रहेको कुरा उल्लेख गरेको छ ।

जारी विज्ञप्तीका अनुसार मन्त्रालयले काबुलमा रहेका ४२ जना नेपाली नागरिकहरु मन्त्रालयको नियमित सम्पर्कमा रहेको बताउँदै ‘हाल एउटै समूहमा आवद्ध भइरहेका ४२ जना नियमित रुपमा सम्पर्कमा रहुन भएको र उहाँहरु सबै जना सुरक्षित हुनुहुन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘उहाँहरुलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीको पुरा पाठः
अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी रहेको छ। काबुलबाट उद्धार भई हिजो नयाँदिल्ली आइपुग्नु भएका ११ जना नेपाली नागरिकहरू काठमाण्डौ आउने प्रक्रियामा रहनु भएको छ। काबुलमा हाल एउटै समुहमा आवद्ध भैरहनु भएका ४२ जना नियमितरुपमा सम्पर्कमा रहनु भएको र उहाँहरु सबै जना सुरक्षित हुनुहुन्छ। उहाँहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ।

अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिन्छ।

साथै, नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सोको जानकारी माथी उल्लेखित फोन नम्बरहरू, WhatsApp, Viber वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिन्छ ।

जारी विज्ञप्तीको वास्तविक प्रति हेर्नुहोस्


Loading comments...