म्याद सकिएको खोप प्रयोग गरिएको छैन, अफवाहको पछि नलागौं : स्वास्थ्य मन्त्रालय


काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरस विरुद्धको खोप नलगाएको र कुनैपनि अपवाहको पछि नलाग्न अनुरोध पनि गरेको छ ।

मन्त्रालयले शुक्रवार सूचना जारी गर्दै कोरोना भाइरस विरुद्धको म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाह फैलिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै म्याद सकिएको खोपको प्रयोग नगरिएको स्पष्ट पारेको हो ।

मन्त्रालयले खोपको म्यादबारेको अफवाहको पछि नलागि ढुक्क भएर खोप लगाउन सबैलाई अनुरोध समेत गरेको छ ।

‘कोरोना भाइरस विरुद्धको खोपको म्यादको सम्बन्धमा मन्त्रालय सचेत रहेको र म्याद सकिनु अघि नै सबै खोप प्रयोगमा ल्याइसक्ने कुराको प्रत्याभूत गराउन चाहन्छौ,’ सूचनामा भनिएको छ ।


Loading comments...