प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त


काठमाण्डौ । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम शुक्रवार शर्मालाई प्रधानसेनापति पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका शर्माको कार्यकाल यही भदौ २४ बाट सुरु हुनेछ ।

जारी विज्ञप्तीको पुरा पाठ
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका व्य. नं. १३५३ बलाधिकृत रथी श्री प्रभुराम शर्माज्यूलाई नेपाली सेनाको प्रधान सेनापति पदमा मिति २०७८/५/२४ गतेबाट लागू हुने गरी नियुक्ति गर्नुभएको छ ।

विज्ञप्तीको वास्तविक प्रति हेर्नुहोस्

तस्वीर स्रोतः नेपाल आर्मीको आधिकारीक फेसबुक पेज


Loading comments...