Lifestyle Portal
  •   ३ कार्तिक २०७८, बुधबार

इन्टर मिलानको जीतको यात्रा जारी निकाल्यो दोस्रो जित

१२ भाद्र २०७८, शनिबार ०८:१२

काठमाण्डौ । ‘इटालियन सिरि ए – Italian Serie A’ मा साविक विजेता ‘इन्टर मिलान’ले जीतको यात्रा जारी राखेको छ । शुक्रबार राति सम्पन्न खेलमा घरेलु टोली ‘हेलास भेरोना’लाई ३-१ गोल अन्तरले हराउँदै इन्टरले लगातार दोस्रो जित निकालेको हो ।

इन्टरको जितमा तीन वटै गोल कोपा अमेरिकी विजेता अर्जेन्टिनाका स्टार खेलाडीले गरेका थिए । जोआक्विन कोरियाले दुई गोल गर्दा लौटारो मार्टिनेजले एक गोल गरेका थिए । पराजित भेरोनाको लागि इभान इलिकले एक सान्त्वना गोल गरे ।

खेलमा अग्रता भने घरेलु टोली भेरोनाले बनाएको थियो । उसका इभानले १५ मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा अग्रता जोगाएको भेरोना दोस्रो हाफमा भने निरीह रह्यो ।

लौटारो मार्टिनेजले ४७ मिनेटमा गोल गर्दै खेल बराबरीको स्थितिमा ल्याए । खेलको ८३ र थपिएको ४ मिनेटमा गोल गर्दै परिवर्तित खेलाडी कोरियाले टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

जित सङै २ खेलबाट ६ अंक बनाएको इन्टर शिर्षस्थानमा रहेको छ । यता भेरोना भने २ खेलबाट बिना अंक १८ औं स्थानमा छ ।

‘इटालियन सिरि ए’ मा शनिबार ४ खेल रहे।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । १३ औं साफ च्याम्पियनसिपको उपबिजेता बनेको नेपालको यो एतिहासिक फुटबल यात्रा थियो । पहिलो पटक फाइनलमा पुगेको नेपालले

माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा सम्पन्न साफ च्याम्पियनसीपको १३ संस्करणको उपाधीमाथी भारतले कब्जा गरेको छ । यससँगै भारतले ८औं पटक यस

भारतले ४९ तथा ५० मिनेटको समयान्तरमा गरेको दुई गोल लगत्तै नेपालका तर्फबाट चारजना खेलाडीलाई परिवर्तन गरिएको छ । नेपालका तर्फबाट

पहिलो हाफको ४९ मिनेटमा भारतका कफ्तान सुनिल क्षेत्रीले पहिलो गोल गरे भने लगत्तै मिड फिल्डर सुनिल सिंह वाङजेमले ५० औं