
अफगान नागरिकलाई आकस्मिक प्रवेश अनुमति दिने भारतको घोषणा
काबुलमा तालिबानले नियन्तरण जमाएपछि अफगानिस्तानका राष्ट्रपति असरफ गनी लगायत कैंयन शिर्ष नेताहरुले देश छाडे लगत्तै नागरिकमा चरम असुरक्षा तथा छटपटीको स्थिति सृजना भएको थियो । त्यस लगत्तै दैनिक ठूलो संख्यामा अफगान नागरिकहरुको देश छाड्ने क्रम बढेको छ । भारत र तालिबानबीच सुमधुर सम्बन्ध नहुने संकेतहरु देखिएका बेला भारतले अफगानीहरुलाई आकस्मिक भिसा दिने घोषणा गरेको हो ।
भारतले अफगानिस्तानमा तालिबान गरेको सत्ता कब्जापछि आफ्नो राजदूतावास बन्द गरिसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै एक सार्वजनिक कार्यक्रममा ‘आतंककारीको सत्ता धेरै दिन नटिक्ने’ भनि दिएको टिप्पणीलाई तालिबानले आपत्ति जनाएको थियो ।