Lifestyle Portal
  •   १३ जेष्ठ २०७९, शुक्रबार

एमाले फुट्यो, माओवादी कमजोर छ, काँग्रेसको विकल्प छैन : महामन्त्री कोइराला

१२ भाद्र २०७८, शनिबार २१:५५

दाङ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले गुटबन्दीले काँग्रेसलाई कमजोर बनाएको बताएका छन् ।

‘गुटबन्दीलाई समाप्त पार्ने वितिकै नेपाली कांग्रेस शक्तिशाली छ । झन् अहिले एमाले फुटेको छ, माओवादी कमजोर भएको छ । अरु दल नै छैनन्,’ काँग्रेस दाङले आयोजना गरेको कार्यक्रममा उनले भने ‘त्यसलै नेपाली कांग्रेस एकजुट भएर आयो भने कांग्रेसको विकल्प नै हुँदैन ।’

उनले कार्यकर्ताहरुलाई शुद्ध राजनीतिक गर्नसमेत अनुरोध गरे । ‘राजनीति जनताको सेवाको लागि गर्ने हो,’ कार्यकर्ताहरुलाई अनुरोध गर्दै भने, ‘आफनो लागि गर्ने भए व्यापार व्यवसाय गर्नुस् ।’

कोइरालाले पार्टीको जिल्ला अधिवेशन सफलतका साथ सम्पन्न गर्न निर्देशनसमेत दिए ।

सहमहान्त्री प्रकाशसरण महतले पनि कांग्रेसले पछिल्लो समयमा सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार नै महाधिवेशन सम्पन्न हुने बताए ।

नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य कृष्णकिशोर घिमिरेको आमाको स्वर्गारोहण भएको ९ औं दिनको अवसरमा श्रद्धाञ्जली अर्पण गर्न महान्त्री कोइराला र सहमहान्त्री महत दाङ आएका थिए ।

:: न्यूजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा

मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै