Lifestyle Portal
  •   १४ जेष्ठ २०७९, शनिबार

भरतमणिको पारसमय प्रदर्शनसँगै कमेडी च्याम्पियनको फाइनलमा, एकाएक बढ्यो लोकप्रियता

१३ भाद्र २०७८, आईतवार २१:२६

काठमाण्डौ । ताप्लेजुङका भरतमणि पौडेल ‘कमेडी च्याम्पियन सिजन २’ को पहिलो फाइनलिस्ट बनेका छन् ।

शनिबार राति प्रसारण भएको शृंखलामा उत्कृष्ट प्रस्तुति दिएपछि उनी सिधै फाइनलमा प्रवेश गरेका हुन् । भरतमणिले यो साता आफूलाई भोटिङ नगर्न र फाइनल राउन्डमा भोट साँचेर राख्न सबैलाई आग्रह गरेका छन् ।


कमेडी च्याम्पियन सिजन २ को सुरुवातदेखि नै भरतमणि निकै चर्चामा आएका छन् । एमाले नेता गोकुल बास्कोटाको क्यारिकेचर दुरुस्तै गरेर चर्चामा आएका भरतमणिले शनिबार राति पूर्वयुवराज पारस शाहको गेटअपमा आफ्नो प्रस्तुति दिएका थिए । जसलाई धेरैले मन पराएका छन् ।

पूर्वयुवराज पारस शाहको नक्कल गर्दै अभिनय गरेका भरतमणिको भिडियोको ट्रेलर शुक्रबार नै युट्युबमा राखिएको थियो । जुन ट्रेन्डिङको १४ नम्बरमा परेको थियो । भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको क्यारिकेचर पनि हुबहु गर्ने गरेका छन् । खासगरी उनले घरबेटीको प्रसंग आफ्ना प्रस्तुतिमा दिँदा दर्शकले निकै मन पराएका छन् । न्यूजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा