लगातार तेस्रो जितसङै टोटनहम शीर्ष स्थानमा


लण्डन, न्यूजकारखाना । इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा टोटेनहमले लगातार तेस्रो जित निकालेको छ।

आइतबार घरेलु मैदानमा भएको खेलमा वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दै टोटेनहमले लगातार तेस्रो जित निकालेको हो।

टोटेनहमलाई जित दिलाउन एक मात्र निर्णायक गोल ह्युङ मिन सनले गरे। सनले खेलको ४२औँ मिनेटमा फ्रि किकबाट गोल गरेका थिए ।

बाँकी समय दुवै टोलीले गोलको प्रयास गरे पनि सदुपयोग गर्न सकेनन् ।

जितसँगै टोटेनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले ३ खेलमा सत प्रतिशत जितसहित ९ अंक जोडेको छ । पराजित वाट्फोर्डले ३ खेलमा ३ अंक जोडेको छ।

एकै समय भएको अर्को खेलमा बर्नली र लिड्स युनाइटेडले १-१ गोलको बराबरी खेले । बर्नलीका क्रिस उडले गोल गरे। लिड्सका प्याट्रिक बामफोर्डले बराबरी गोल फर्काए।

आज राती उल्भ्सले म्यान्चेस्टर युनाइटेडको सामना गर्दै छ ।


Loading comments...