Lifestyle Portal
  •   ७ आश्विन २०७८, बिहीबार

श्रद्धा र रोहणको सम्बन्धबारे शक्ति कपूरले मुख खोले

१४ भाद्र २०७८, सोमबार १२:५४

काठमाण्डाै । मिडियामा बलिउड एक्ट्रेस श्रद्धा कपूरको विवाहको खबरले चर्चा पाइरहेको छ । नेपाली मुलका फोटोग्राफर रोहण श्रेष्ठसँग उनको विवाह हुने खबरले नेपाली मिडियामा राम्रो स्थान पाइरहेकाे छ । यद्यपि यसबारे आधिकारिक पुष्टि भएकाे छैन ।टाइम्स अफ इन्डियाको एक अन्तर्वार्तामा अभिनेता शक्ति कपूरले आफूलाई यसबारे जानकारी नरहेको बताएका छन् ।

‘रोहणको पितासँग मेरो पुरानो चिनजान छ । उनीहरु हाम्रो घरमा आइरहेका हुन्छन्, ‘ शक्तिले भनेका छन् ,’तर श्रद्धासँगको विवाहबारे केही कुरा भएको छैन ।’

श्रद्धाले विवाहको बारेमा बताए आफूलाई कुनै आपत्ति नहुने समेत उनले प्रस्ट्याए । ‘मसँग श्रद्धा मात्र होइन छोरा सिद्धान्तले पनि कुरा गर्न सक्छन्,’ उनले भने । उनले यो समय आफ्नो करियरमा ध्यान केन्द्रित गर्न सुझाव दिने गरेको बताए ।

केही वर्ष यता श्रद्धाको नाम फोटोग्राफर रोहणसँग जोडिएको छ । यी दुईलाई फिल्म हलसँगै विभिन्न इभेन्टमा पनि स्पोट गरिएको छ । तर , यिनले सम्बन्धको बारेमा केही बोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । ताप्लेजुङका भरतमणि पौडेलले ‘कमेडी च्याम्पियन सिजन २’ को बिजेताको उपाधी जितेका छन् । उनले उपहारमा डाट्सन (Datson)को कार

ताप्लेजुङ । कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ ।

काठमाण्डौ । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । सिनेमा छायाँकनका लागि उनी नेपाल आउन लागेका हुन् ।

आधूनिक भारतीय टेलिभिजनको बहूचर्चित मेघासिरियल ‘बालिका बधु’ (Balika Badhu) मार्फत् आफ्नो कलाकारीता प्रमाणित गरेका सिद्धार्थ शुक्ला अब यस संसारमा छैनन