देवकोटाको घर भत्किसकेपछि नभत्काउन सर्वोच्चको आदेश


काठमाण्डौ । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइसकेपछि नभत्काउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले देवकोटाको घर पुरातात्त्विक महत्त्वको भएकाले पुरातत्त्व विभागसँग समन्वय गरेर काम गर्न अन्तरिम आदेश दिएको हो ।

काठमाडौंको मैतीदेवीमा रहेको महाकवि देवकोटाको घर भत्किसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । देवकोटाको घर पुरानो र ऐतिहासिक भएकाले संरक्षण र समन्वय गर्न सर्वोच्च अदालतले आदेश गरेको हो ।

नेपाल प्रज्ञाप्रतिष्ठानले देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरिसकेको छ । देवकोटाको घरमा पुरातात्त्विक महत्त्वका सामाग्री राखिएको हुन सक्ने भन्दै पुरातत्त्व विभाग समन्वय गरेर मात्र घर भत्काउन सर्वोच्चले भनेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानलगायतलाई विपक्षी बनाई सर्वोच्चमा देवकोटाको घर भत्काइसकेपछि रिट निवेदन दर्ता भएको थियो ।


Loading comments...